एजेन्सी– इजरायलले दक्षिणी लेबनानमा इजरायल र लडाकूबीच सीमापार लडाइँ बढ्दै गएपछि लेबनानी सीमानजिकै थप १४ समुदायलाई खाली गर्ने योजना आइतबार घोषणा गरेको छ।
इजरायली रक्षा मन्त्रालयले विज्ञप्ति जारी गर्दै बताएको छ ती बस्तीमा मुख्यतया सहकारी फार्म र किबुटजिम (गाउँहरू)लगायतका छन्।
शुक्रबार रक्षा मन्त्रालयले उत्तरी इजरायली शहर किरियत शमोनाका बासिन्दालाई लेबनानी सीमा नजिकै २२,००० जनसङ्ख्या भएको बासिन्दालाई खाली गर्न आदेश दिएको हो।
अक्टोबर ७ मा दक्षिणी इजरायलका शहर र सैन्य चौकीमा हमासले आक्रमण गरेको थियो। त्यसपछि इजरायलले गाजा पट्टीमा जवाफी हमला गर्दै लेबनानसँगको उत्तरी सीमामा रहेको लेबनानी सशस्त्र समूह हिज्बुल्लाह र प्यालेस्टिनी लडाकु समूहसित इजरायलको लडाइँ बढाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।