काठमाडौं- काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस भएको छ। आइतबार बिहान ७ बजेर ४० मिनेटमा भूकम्पको धक्का महसुस भएको हो।
धादिङको खरी आसपास केन्द्रबिन्दु भएर ६ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको वरिष्ठ भूकम्पविद् डाक्टर लोकविजय अधिकारीले जानकारी दिए।
उनका अनुसार यो भूकम्पपछि लगातारजसो परकम्प गइरहेका छन्। थप ठूलो धक्कासमेत आउन सक्ने जोखिम रहेकाले सतर्कता अपनाउन उनको आग्रह छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।