बैतडी– बझाङमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। जिल्लाको छबिसपाथिभेरा गाउँपालिका ७ मा भएको जीप दुर्घटनामा परी गम्भीर घाइते भएका एक जनाको उपचारको क्रममा मृत्यु भएको छ।
मृत्यु हुनेमा छबिसपाथिभेरा गाउँपालिका–७ बुड्खोरीका इनार महत रहेका जिल्ला अस्पताल बझाङले बताएको छ। मृतक महतको टाउको र कम्मरमा गम्भीर चोट लागेको थियो।
गम्भीर घाइते भएर जिल्ला अस्पताल सिमखेत ल्याइएका उनको उपचारका मृत्यु भएको अस्पतालले जनाएको छ।
भाँडे बजारबाट बुड्खोरी जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१००१ ज १२६६ नम्बरको जीप शुक्रबार बिहान १०: ३० बजे छबिसपाथिभेरा–७ खोरी भन्ने स्थानमा दुर्घटना हुँदा ६ जना घाइते भएका थिए।
घाइतेमध्ये अन्दाजी २५ वर्षीय महतको मृत्यु भएको जिल्ला अस्पतालले जनाएको छ। चालक विनोद धामीसहित ९ जना सवार उक्त जीप ब्रेक फेल भएर खोरी र नौराको बीच सडकमा दुर्घटना भएको बिसौना प्रहरीले जनाएको छ।
बाँकी दुर्घटनामा घाइते भएका छबिसपाथिभेरा गाउँपालिका–७ बुड्खोरीका पाँच जना रामबहादुर धामी, अशोक धामी, सन्तोष धामी, प्रकाश धामी र मिलन धामी जिल्ला अस्पतालमा उपचाररत छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।