• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असार ७, २०८३ Sun, Jun 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

नेपालको पहिलो ह्यूमन मिल्क बैंक: १ हजारले लिए सेवा 

लक्ष्मी चौलागाईं शुक्रबार, कात्तिक ३, २०८०  ०९:३२
1140x725

काठमाडौं– नेपालको पहिलो ह्यूमन मिल्क बैंकबाट हालसम्म एक हजार जनाले सेवा लिएका छन्। परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालले प्रसूतिपश्चात् आमाहरुबाट खेर जाने दुधलाई संकलन गरी भण्डारण  गर्ने लक्ष्यकासाथ  ह्यमुन मिल्क बैंकको स्थापना गरेको हो।

मिल्क बैंकमा दुध दान गर्न चाहने आमाहरुको मुख्यतया तीन प्रमुख परीक्षण गरिने अस्पतालका निर्देशक डा श्रीप्रसाद अधिकारी बताउँछन्। जसमा एचआईभी, भेनेरल डिजिज रिसर्च ल्याबोलरेटरी (भीडीआरएल) र हेपटाइटिस बी सर्फेस एन्टिजेन (एचबीएसजी) लगायतका परीक्षण अनिवार्य गरिएको छ। परिक्षणपछि सुरक्षित तरिकाबाट आमाको दुधमा रहेको पौष्टिक तत्व नष्ट नहुने गरी दुध संकलन तथा भण्डारण गरिन्छ।

परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालमा नै गर्भ परीक्षण गराएर डेलिभरी भएका आमाहरुको सन्तानलाई दुध नपुगेको अवस्थामा यस मिल्क बैंकबाट सेवा लिन सकिन्छ। अस्पतालको वार्डमा डेलिभरी भएका आमाहरुलाई अस्पतालका चिकित्सक नर्स तथा स्वास्थ्यकर्मीहरुले दुध बढी भएको अवस्थामा मिल्क बैंकमा दान गर्न सकिने जानकारी दिनहुँजस्तो दिने गर्छन्। 

'कुनै पनि रोग नभएका महिलाहरुले हाम्रो मिल्क बैंकमा दुध दान गर्नुहुन्छ, उक्त दुधलाई हामीले पास्चराईज गरेर कीटाणु भए/ नभएको यकिन गरी मिल्क बैंकमा जम्मा गर्ने गर्छौं' डा अधिकारीले भने।

यसरी राखिएको दुध आइसियूमा भर्ना भएका, दुध खुवाउन नसक्ने गरी बिरामी भएका आमाका बच्चा,  वार्डमै भएपनि आमाको दुध नआएको अवस्था तथा विभिन्न कारणले दुध खुवाउन नसकेका  लागि प्रयोग हुँदै आएको छ। 

अहिलेसम्म परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालले उपचारका लागि यहाँ आएका बिरामीहरुलाई मात्रै उक्त सेवा दिन सकेको छ।

'अस्पतालमा आएकामध्ये ७० देखि ८० प्रतिशत महिलाहरुलाई मात्रै हामीले यो सेवा दिन सकेका छौं' डा अधिकारी भन्छन्, 'हाम्रो मिल्क बैंकका लागि दाता आमाहरुले जति दिनुपर्ने त्यति दिन नसकेको र दुध संकलन हुन नसकेको कारण अस्पतालमा आएका शत प्रतिशतलाई सेवा दिन सकेका छैनौं।'

हालसम्म मिल्क बैंकमा करिब ६ हजार  लिटर दुध संकलन गरिएको छ। हालसम्म १ हजारले  मिल्क बैंकबाट सेवा लिएको  बृहत स्तनपान व्यवस्थापन केन्द्रकी प्रबन्धक स्मृति पौडेलले  बताइन्। 

nimb
nimb
Ncell 2
Ncell 2

‘प्रसूति गृहले सकेसम्म आमाकै दुध प्रयोगका लागि बढावा दिने गरेको छ, यद्यपि  विभिन्न कारणवंश आमाको दुध प्राप्त गर्न नसकेको अवस्थामा मिल्क बैंकको सेवा लिन सकिन्छ,’ उनले भनिन्, ‘यसलाई ह्युमन मिल्क बैंक मात्र नभई बृहत स्तनपान व्यवस्थापन केन्द्र भनेर बुझिन्छ।’

मिल्क बैंकले दुध नपाएका बच्चाहरुलाई दुधको व्यवस्थापन गर्ने काम मात्र नभई स्तनपानलाई नै व्यवस्थित गर्ने भएकोले यसलाई बृहत स्तनपान व्यवस्थापन केन्द्र नामाकरण गरिएको हो। 

प्रसूति गृहले डेलिभरीपश्चात् आमा बस्ने विभिन्न वार्डहरुमा नै गएर स्तनपान र यसका फाइदाबारे परामर्श नै दिने गरेको छ।

कतिपय अस्पतालहरुले शल्यक्रियाबाट बच्चा जन्मिएपछि आमा र बच्चालाई छुट्याएर राख्ने गरिन्छ। तर प्रसूति गृहमा भने शल्यक्रियाबाट बच्चा जन्मिएको अवस्थामा पनि आमा र बच्चालाई एकै ठाउँमा राख्ने गरिन्छ। 

शल्यक्रियाबाट  बच्चा जन्मिने दर बढ्दै जाँदा बोतलको दुध खुवाउने आमाहरुको संख्या पनि बढ्दै जाने भएकोले प्रसूती गृहमा यस्तो गरिएको हो। दुध दान गर्नका लागि दाता आमाहरु सकारात्मक रहेका पौडेल बताउँछिन्। 

अस्पतालमा आएका बाहेक बाहिरबाट पनि दाता आमाहरुले दुध दान गरेको अवस्थामा अस्पतालका शतप्रतिशत बच्चाहरुलाई यो सुविधा दिन सकिने उनको दाबी छ।

‘यसका लागि विदेशमा जस्तै कम्युनिटी डोनेशनको रणनीति अपनाउन आवश्यक  छ’ उनले भनिन्, ‘जुन छिमेकी मुलुक भारतमा पनि  छ।’

कुनै पनि प्रकारको इन्फेक्सन नभएका स्वस्थ, दुधबाट सर्न सक्ने कुनै पनि रोग नभएका,एचआईभी, हेपाटाइटिस जस्ता रोग नभएका,स्तन परीक्षणको रिपोर्ट सकारात्मक भएका, क्यान्सरको कुनै पनि उपचार प्रक्रियामा नभएका आमाहरुले दुध दान गर्न सक्दछन्।

प्रकाशित मिति: शुक्रबार, कात्तिक ३, २०८०  ०९:३२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
देश रास्वपाको हातमा छ, सुरक्षित छ : रवि लामिछाने
रास्वपालाई लडाउने अरु कसैको तागत छैन : रवि लामिछाने
अख्तियार पदाधिकारी प्रकणमा प्रधानमन्त्रीको प्रष्टीकरण, ‘आवश्यक परे अख्तियारलाई ५ वर्ष राखेर सल्लाह गरिन्छ’
सम्बन्धित सामग्री
योगलाई जीवनशैलीका रूपमा अपनाउन राष्ट्रपतिको आग्रह बाह्रौँ विश्वयोग दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि एवं सुस्वास्... आइतबार, असार ७, २०८३
आज कोशीमा भारी वर्षाको सम्भावना जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका हिमाली तथा पहाडी भू–भागमा साधरणतया बदली रहेको छ भने अन्य तराई भागमा आंशिक बदली रह... आइतबार, असार ७, २०८३
बालकुमारीमा गोली चल्याे, तीन लागुऔषध कारोबारी पक्राउ प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोले विशेष अपरेसन सञ्चालन गर्दै संदिग्ध लागुऔषध कारोबारीलाई पक्राउ गर्ने क्रममा गोली चलाएको हो । शनिबार, असार ६, २०८३
ताजा समाचारसबै
देश रास्वपाको हातमा छ, सुरक्षित छ : रवि लामिछाने आइतबार, असार ७, २०८३
रास्वपालाई लडाउने अरु कसैको तागत छैन : रवि लामिछाने आइतबार, असार ७, २०८३
अख्तियार पदाधिकारी प्रकणमा प्रधानमन्त्रीको प्रष्टीकरण, ‘आवश्यक परे अख्तियारलाई ५ वर्ष राखेर सल्लाह गरिन्छ’ आइतबार, असार ७, २०८३
सीमाको विषयमा प्रधानमन्त्रीले भने, ‘ब्रिटिसलाई मध्यस्तकर्ता बनाउन खोजेका होइनौं, प्रमाण ल्याउँछौं भनेको हो’ आइतबार, असार ७, २०८३
हाम्रो गाडी अनियन्त्रित छैन, गन्तव्यमा पुगेपछि मात्र रोकिन्छ : प्रधानमन्त्री शाह आइतबार, असार ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
बालकुमारीमा गोली चल्याे, तीन लागुऔषध कारोबारी पक्राउ शनिबार, असार ६, २०८३
महाधिवेशनका लागि चितवन पुगे रवि लामिछाने शनिबार, असार ६, २०८३
रास्वपा महाधिवेशनमा सहभागी हुन कुन दलबाट कुन-कुन नेता पुगे ? आइतबार, असार ७, २०८३
गगनले दिए रास्वपालाई महाधिवेशनको शुभकामना आइतबार, असार ७, २०८३
कोशी प्रदेशबाट नेपाल प्रवेश गर्‍यो मनसुन,आज यि स्थानमा हुनेछ वर्षा शनिबार, असार ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
अर्थमन्त्रीलाई हर्क साम्पाङले निमित्त प्रधानमन्त्रीज्यू भनेपछि.... बिहीबार, असार ४, २०८३
यि हुन मन्त्रिपरिषद् बैठकका निर्णय शुक्रबार, असार ५, २०८३
रास्वपा महाधिवेशन: ओली नजाने, गगनले निर्णय गरेका छैनन्, स्वास्थ्य सुधार भए प्रचण्ड जाने शुक्रबार, असार ५, २०८३
कंगोसँग बराबरीमा रोकियो पोर्चुगल बिहीबार, असार ४, २०८३
अख्तियारद्वारा आरजु राणालाई बयानका लागि म्याद तामेल, दुई दिनभित्र बयान दिन आउनुपर्ने बिहीबार, असार ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्