काठमाडौं– स्पेनको समावेशी, सामाजिक सुरक्षा र आप्रवासन मन्त्रालयले अक्टोबरको सुरुदेखि क्यानरी टापुको तटमा धेरै संख्यामा आप्रवासीहरु आएको भन्दै आपत्काल घोषणा गरेको छ।
सरकारी स्रोतकाअनुसार अक्टोबरको पहिलो १५ दिनमा ८ हजार ५६१ आप्रवासीहरुले टापुमा प्रवेश गरेका थिए। यस वर्षको सुरुदेखि हालसम्म २३ हजार ५३७ जना आएको बताइएको छ।
सन् २००६ मा ३१ हजार ६७८ आएका थिए। त्यसपछिकै यस वर्ष यो उच्च संख्या हो। आपत्काल घोषणा गर्नु मानिसको आवागमनलाई कम गर्नु रहेको बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।