• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

कसरी मनाउँछन् विदेशमा बस्ने नेपालीले दशैं?

64x64
नेपाल लाइभ मंगलबार, कात्तिक ७, २०८०  ०६:१६
1140x725

काठमाडौं- वैदेशिक रोजगारीका लागि पोर्चुगलमा रहेका चन्द्र बास्तोलाले अघिल्लो वर्षको दशैं मनाएनन्। अघिल्लो वर्ष साउनमा पोर्चुगल पुगेका उनी एग्रिकल्चर क्षेत्रको काममा लागेको बल्ल दुई महिना मात्रै भएको थियो। उनीसँगै ५ जना साथीहरुले पनि दशैंको टीकाको दिनमा समेत छुट्टी पाएनन्।

‘पोहोर साल त भरखर काम सुरु गरेका थियौं। छुट्टी लिन पाइएन। दशैंको टीकाको दिन पनि काम गर्यौ। यसपालि त ३/४ दिन छुट्टी लिएर दशैं मनाउने हो,’ उनले भने।

अहिले उनीसँगै ४ जना साथीहरु पनि एउटै कम्पनीमा काम गर्छन्। सबै जना मिलेर एउटा भेडो काटेर दशैं मनाउने तयारी रहेको उनले सुनाए।

एक वर्षअघिको दशैं उनले साथीसँगै ग्रिसमा मनाएका थिए। त्यो बेलामा उनीहरुले नेपालमा जसरी जमरा राखेर धुमधामले दशैं मनाए। त्यो वर्ष ६/७ जनाको समूहले २८ केजीको च्यांग्रा काटेर दशैं मनाए। टीकाको दिन एक आपसमा साथीभाइ मिलेर टीका लगाएर खुसी साटासाट गरेको अनुभव उनी सुनाउँछन्।

६ वर्षअघि उनी वैदेशिक रोजगारीको लागि मलेसियामा थिए। उनले त्यहाँ ३ वर्ष दशैं मनाए। दशैंको लागि तीन/चार दिनको छुट्टी लिएरै दशैं मनाए।

मलेसियामा हुँदा टीकाको दिनमा एउटै डेरामा बस्ने नेपालीमध्ये सबैभन्दा जेठो उमेर भएकाले सबैलाई टीका लागाई आशिर्वाद दिएर दशैं खुब रमाइलोसँग मनाएका थिए। उनले अहिलेसम्म ८ वटा दशैं विदेशी भूमिमा मनाइसकेका छन्।

‘विदेशमा जतिसुकै धन कमाए पनि चाडपर्वमा भने नरमाइलो हुने रहेछ। यहाँ साथीभाइसँग रमाइलो त गरिन्छ। तर चाडपर्वको बेलामा आफ्नो परिवारबाट टाढा हुनुपर्दा दुःख लाग्छ। यहाँ जति मिठो–मसिनो खाएकोभन्दा रमाइलो हुन्छ, परिवारसँग हुँदा गुन्द्रुक नै खान किन नपरोस्। दशैंतिहार नेपालमै रमाइलो,’ उनले भने। 

०००
उच्च शिक्षा अध्ययनका लागि जापानमा रहेका गगन बडुले पनि यसपालिको दशैं मनाउन टीकाको दिन छुट्टी लिइसकेका छन्।

Ncell 2
Ncell 2
nimb
nimb

अघिल्लो वर्ष उनी दशैं आउनुभन्दा केही महिनाअघि मात्रै जापान पुगेका थिए। त्यतिबेला उनको रातिको समयमा ड्युटी थियो। बिहान ६ बजेपछि डेरामा फर्किन्थे। कामको चपेटाले दशैं आएको भेउ नै नपाएको उनी सुनाउँछन्।

‘पोहोर त दशैं आयो कि आएन थाहै पाइएन। यो पालि भने एक दिनको भए पनि छुट्टी लिइसकेको छु रमाइलो गरी मनाउँने हो दशैं,’ उनले भने।

यो वर्ष आफू बसेको क्षेत्रमा रहेका सबै नेपाली जम्मा भएर टीका लगाएर दशैं मनाउने तयारी रहेको उनी सुनाउँछन्।

नेपालमा परिवारसँग दशैं मनाउनु र विदेशमा साथीभाइसँग दशैं मनाउनुमा निकै फरक हुने उनी सुनाउँछन्। चाडपर्वमा आफ्नो परिवारबाट टाढा हुनुपर्दा जतिसुकै तडकभडक गरेर दशैं मनाए पनि रमाइलो नहुने उनी बताउँछन्। 

‘आफ्नो भूमि भनेको आफ्नै हो। चाडपर्व आउँदा छुट्टै रौनक हुन्छ। दशैं आउँदा फूलपातीभन्दा २/३ दिन अघिदेखि घरमा जम्मा हुने र दशैंमा रमाइलो गरिन्थ्यो। यहाँ त छुट्टी पनि खासै मिल्दैन, अर्काको देशमा के दशैं के तिहार,’ बडुले भने।

०००
वैदेशिक रोजगारीका लागि कतारमा रहेका भरत पौडेल पनि यो वर्षको दशैंमा २/३ दिनको छुट्टी मिलाएर दशैं मनाउने तयारी रहेको सुनाउँछन्। सँगै डेरामा बस्ने साथीभाइसँग मिलेर दशैंमा रमाइलो गर्ने योजना छ। अघिल्लो वर्षको एक दिनकै छुट्टी पाए पनि दशैं रमाइलोका साथ मनाएको उनी सुनाउँछन्। 

‘पोहोर धेरै दिनको छुट्टी पाइएन। तर पनि रमाइलोका साथ मनाइयो तर नेपालमा हुँदा जस्तो रमाइलो भने यहाँ हुँदैन। नेपालमा दशैं मनाउँदा अर्कै रमाइलो छ। आफ्नो देश, आफ्नो गाउँ आफ्नो परिवार, आफन्तसँगै दशैं मनाउँदा अर्कै मज्जा छ,’ उनले भने।

उनले कतारमा रहेर ४ वटा दशैं मनाइसकेका छन्। हरेक वर्ष सँगै बस्ने साथीभाइसँग मिलेर जमरा राख्ने, टीका लगाउने सुख–दुःख साटासाट गर्दै दशैं मनाउँदै आएका छन्।

०००
वैदेशिक रोजगारीका लागि रोमानिया पुगेकी सम्झना क्षेत्री यो वर्षको दशैं खासै उल्लासमय नभएको बताउँछिन्। अघिल्लो वर्ष पनि दशैंको दिन समेत छुट्टी भएको थिएन। यो वर्ष पनि एक दिनको मात्रै छुट्टी पाएकी छिन्।

‘यहाँ काम गर्न आउने नेपालीलाई कुनै चाडबाडले छुँदैन। खासै छुट्टी पनि मिल्दैन, त्यसैले दशैं खासै रमाइलो हुँदैन। अघिल्ला वर्ष दशैंको दिनमा पनि काममा जानुपर्ने हुन्थ्यो। यो वर्ष टीकाको दिन छुट्टी लिएको छु,’ उनले भनिन्। तीन वर्षदेखि रोमानियामा रहेकी उनी चाडपर्व आउँदा नेपालको याद आउने सुनाउँछिन्।

नेपालमा फूलपाती, अष्टमी, नवमी, दशमी गरी दिनदिनै फरकफरक तबरले रमाइलो हुने हुन्थ्यो। तर विदेशमा न फूलपाती न अष्टमी, टीकाकै दिनमा छुट्टी मिलाएर दशैं मनाउँदा खासै रमाइलो नहुने उनी सुनाउँछिन्।

प्रकाशित मिति: मंगलबार, कात्तिक ७, २०८०  ०६:१६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
जापानमा टाइफुन डुजुआनको कहर, ९ जनाको मृत्यु, ४ जना बेपत्ता
इन्द्रजात्रा सुरु, हनुमानढोकामा ठड्याइयो लिङ्गो
एसियाली खेलकुदमा नेपालले सात खेलमा प्रतिस्पर्धा गर्दै
सम्बन्धित सामग्री
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
भोटेकोशी बाढी : छोराको बिछोडको पीडा सहन नसकेकी आमाको पनि दु:खद अन्त्य उमाकुण्ड गाउँपालिका–१ गुम्देलका ङिमा शेर्पाले जीवनको सबै क्षण हाइड्रोपावरमा श्रम गरेरै बिताए। आफ्नै गाउँघर नजिकै निर्माणाधीन लिखु हा... शनिबार, भदौ २७, २०८३
‘आइरिस’सँगै फर्कियो ९० को दशक, सामाजिक सञ्जालमा ‘नोस्टाल्जिया’को लहर! झण्डै तीन दशकअघि सार्वजनिक भएको ‘आइरिस’ अहिले फेरि सामाजिक सञ्जालमा सुनिन थालेको छ। पुराना तस्बिर, पुरानो पहिरन र पुरानो गीतले मानिस... शुक्रबार, भदौ २६, २०८३
ताजा समाचारसबै
जापानमा टाइफुन डुजुआनको कहर, ९ जनाको मृत्यु, ४ जना बेपत्ता बुधबार, असोज ७, २०८३
इन्द्रजात्रा सुरु, हनुमानढोकामा ठड्याइयो लिङ्गो बुधबार, असोज ७, २०८३
एसियाली खेलकुदमा नेपालले सात खेलमा प्रतिस्पर्धा गर्दै बुधबार, असोज ७, २०८३
ऊर्जामन्त्री श्रेष्ठले प्रतिनिधि सभालाई सम्बोधन गर्ने बुधबार, असोज ७, २०८३
बाढीपछिको पुनर्निर्माणका लागि अमेरिकाले नेपाललाई ३ करोड १० लाख अमेरिकी डलर दिने बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
प्रधानमन्त्री शाहको अमेरिका भ्रमण, के–के छ तालिका? मंगलबार, असोज ६, २०८३
महासभाको यात्रामा बालेनलाई स्वर्णिमले किन दिए ‘द राइज एन्ड फल अफ द ग्रेट पावर्स’? मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्