• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
शुक्रबार, असार ६, २०८२ Fri, Jun 20, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर
कसरी मनाउँछन् विदेशमा बस्ने नेपालीले दशैं?
64x64
नेपाल लाइभ मंगलबार, कात्तिक ७, २०८०  ०६:१६
1140x725

काठमाडौं- वैदेशिक रोजगारीका लागि पोर्चुगलमा रहेका चन्द्र बास्तोलाले अघिल्लो वर्षको दशैं मनाएनन्। अघिल्लो वर्ष साउनमा पोर्चुगल पुगेका उनी एग्रिकल्चर क्षेत्रको काममा लागेको बल्ल दुई महिना मात्रै भएको थियो। उनीसँगै ५ जना साथीहरुले पनि दशैंको टीकाको दिनमा समेत छुट्टी पाएनन्।

‘पोहोर साल त भरखर काम सुरु गरेका थियौं। छुट्टी लिन पाइएन। दशैंको टीकाको दिन पनि काम गर्यौ। यसपालि त ३/४ दिन छुट्टी लिएर दशैं मनाउने हो,’ उनले भने।

अहिले उनीसँगै ४ जना साथीहरु पनि एउटै कम्पनीमा काम गर्छन्। सबै जना मिलेर एउटा भेडो काटेर दशैं मनाउने तयारी रहेको उनले सुनाए।

एक वर्षअघिको दशैं उनले साथीसँगै ग्रिसमा मनाएका थिए। त्यो बेलामा उनीहरुले नेपालमा जसरी जमरा राखेर धुमधामले दशैं मनाए। त्यो वर्ष ६/७ जनाको समूहले २८ केजीको च्यांग्रा काटेर दशैं मनाए। टीकाको दिन एक आपसमा साथीभाइ मिलेर टीका लगाएर खुसी साटासाट गरेको अनुभव उनी सुनाउँछन्।

६ वर्षअघि उनी वैदेशिक रोजगारीको लागि मलेसियामा थिए। उनले त्यहाँ ३ वर्ष दशैं मनाए। दशैंको लागि तीन/चार दिनको छुट्टी लिएरै दशैं मनाए।

मलेसियामा हुँदा टीकाको दिनमा एउटै डेरामा बस्ने नेपालीमध्ये सबैभन्दा जेठो उमेर भएकाले सबैलाई टीका लागाई आशिर्वाद दिएर दशैं खुब रमाइलोसँग मनाएका थिए। उनले अहिलेसम्म ८ वटा दशैं विदेशी भूमिमा मनाइसकेका छन्।

‘विदेशमा जतिसुकै धन कमाए पनि चाडपर्वमा भने नरमाइलो हुने रहेछ। यहाँ साथीभाइसँग रमाइलो त गरिन्छ। तर चाडपर्वको बेलामा आफ्नो परिवारबाट टाढा हुनुपर्दा दुःख लाग्छ। यहाँ जति मिठो–मसिनो खाएकोभन्दा रमाइलो हुन्छ, परिवारसँग हुँदा गुन्द्रुक नै खान किन नपरोस्। दशैंतिहार नेपालमै रमाइलो,’ उनले भने। 

०००
उच्च शिक्षा अध्ययनका लागि जापानमा रहेका गगन बडुले पनि यसपालिको दशैं मनाउन टीकाको दिन छुट्टी लिइसकेका छन्।

Ncell 2
Ncell 2

अघिल्लो वर्ष उनी दशैं आउनुभन्दा केही महिनाअघि मात्रै जापान पुगेका थिए। त्यतिबेला उनको रातिको समयमा ड्युटी थियो। बिहान ६ बजेपछि डेरामा फर्किन्थे। कामको चपेटाले दशैं आएको भेउ नै नपाएको उनी सुनाउँछन्।

‘पोहोर त दशैं आयो कि आएन थाहै पाइएन। यो पालि भने एक दिनको भए पनि छुट्टी लिइसकेको छु रमाइलो गरी मनाउँने हो दशैं,’ उनले भने।

यो वर्ष आफू बसेको क्षेत्रमा रहेका सबै नेपाली जम्मा भएर टीका लगाएर दशैं मनाउने तयारी रहेको उनी सुनाउँछन्।

नेपालमा परिवारसँग दशैं मनाउनु र विदेशमा साथीभाइसँग दशैं मनाउनुमा निकै फरक हुने उनी सुनाउँछन्। चाडपर्वमा आफ्नो परिवारबाट टाढा हुनुपर्दा जतिसुकै तडकभडक गरेर दशैं मनाए पनि रमाइलो नहुने उनी बताउँछन्। 

‘आफ्नो भूमि भनेको आफ्नै हो। चाडपर्व आउँदा छुट्टै रौनक हुन्छ। दशैं आउँदा फूलपातीभन्दा २/३ दिन अघिदेखि घरमा जम्मा हुने र दशैंमा रमाइलो गरिन्थ्यो। यहाँ त छुट्टी पनि खासै मिल्दैन, अर्काको देशमा के दशैं के तिहार,’ बडुले भने।

०००
वैदेशिक रोजगारीका लागि कतारमा रहेका भरत पौडेल पनि यो वर्षको दशैंमा २/३ दिनको छुट्टी मिलाएर दशैं मनाउने तयारी रहेको सुनाउँछन्। सँगै डेरामा बस्ने साथीभाइसँग मिलेर दशैंमा रमाइलो गर्ने योजना छ। अघिल्लो वर्षको एक दिनकै छुट्टी पाए पनि दशैं रमाइलोका साथ मनाएको उनी सुनाउँछन्। 

‘पोहोर धेरै दिनको छुट्टी पाइएन। तर पनि रमाइलोका साथ मनाइयो तर नेपालमा हुँदा जस्तो रमाइलो भने यहाँ हुँदैन। नेपालमा दशैं मनाउँदा अर्कै रमाइलो छ। आफ्नो देश, आफ्नो गाउँ आफ्नो परिवार, आफन्तसँगै दशैं मनाउँदा अर्कै मज्जा छ,’ उनले भने।

उनले कतारमा रहेर ४ वटा दशैं मनाइसकेका छन्। हरेक वर्ष सँगै बस्ने साथीभाइसँग मिलेर जमरा राख्ने, टीका लगाउने सुख–दुःख साटासाट गर्दै दशैं मनाउँदै आएका छन्।

०००
वैदेशिक रोजगारीका लागि रोमानिया पुगेकी सम्झना क्षेत्री यो वर्षको दशैं खासै उल्लासमय नभएको बताउँछिन्। अघिल्लो वर्ष पनि दशैंको दिन समेत छुट्टी भएको थिएन। यो वर्ष पनि एक दिनको मात्रै छुट्टी पाएकी छिन्।

‘यहाँ काम गर्न आउने नेपालीलाई कुनै चाडबाडले छुँदैन। खासै छुट्टी पनि मिल्दैन, त्यसैले दशैं खासै रमाइलो हुँदैन। अघिल्ला वर्ष दशैंको दिनमा पनि काममा जानुपर्ने हुन्थ्यो। यो वर्ष टीकाको दिन छुट्टी लिएको छु,’ उनले भनिन्। तीन वर्षदेखि रोमानियामा रहेकी उनी चाडपर्व आउँदा नेपालको याद आउने सुनाउँछिन्।

नेपालमा फूलपाती, अष्टमी, नवमी, दशमी गरी दिनदिनै फरकफरक तबरले रमाइलो हुने हुन्थ्यो। तर विदेशमा न फूलपाती न अष्टमी, टीकाकै दिनमा छुट्टी मिलाएर दशैं मनाउँदा खासै रमाइलो नहुने उनी सुनाउँछिन्।

प्रकाशित मिति: मंगलबार, कात्तिक ७, २०८०  ०६:१६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बस्ती जोगाउन जैविक तटबन्ध निर्माण
दैलेखमा ग्यास फेला परेकामा प्रधानमन्त्री ओली द्वारा खुसी व्यक्त
सुनको मूल्य तोलामा ८ सयले घट्यो, कतिमा हुँदैछ कारोवार ?
सम्बन्धित सामग्री
समाजसेवामा समर्पित कृपा,  नाम जस्तै पहिचान समाजसेवा गर्दा घरव्यवहार सब लथालिंग हुने कुरामा उनको विश्वास छैन। किनभने घर र समाज व्यवस्थापन गर्ने कलाले उनलाई यहाँसम्म ल्याइपुर्‍य... आइतबार, जेठ २५, २०८२
त्रिधार्मिकस्थल हलेसीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पहल नगरपालिकाको हिउँदे नगरसभाले विश्वप्रसिद्ध त्रिधार्मिकस्थल हलेसीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने निर्णय पारित गरेको नगरप्रमुख वि... शुक्रबार, माघ १८, २०८१
चुरे समिति खारेजीः छलफल गरी निर्णय लिनुपर्नेमा जोड वन तथा वातावरण मन्त्रालयले समितिको संरचना खारेज गरेर मन्त्रालयमा गाभ्ने तयारीका साथ प्रक्रिया अगाडि बढाएको भन्दै समितिले आपत्ति जनाए... मंगलबार, माघ १५, २०८१
ताजा समाचारसबै
बस्ती जोगाउन जैविक तटबन्ध निर्माण शुक्रबार, असार ६, २०८२
दैलेखमा ग्यास फेला परेकामा प्रधानमन्त्री ओली द्वारा खुसी व्यक्त शुक्रबार, असार ६, २०८२
सुनको मूल्य तोलामा ८ सयले घट्यो, कतिमा हुँदैछ कारोवार ? शुक्रबार, असार ६, २०८२
प्रमुख तीन दलका शीर्ष नेताको बैठक बस्दै शुक्रबार, असार ६, २०८२
कैलालीमा एक सुत्केरी महिला मृत फेला शुक्रबार, असार ६, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
प्रतिनिधि सभा बैठक (लाइभ)
प्रतिनिधि सभा बैठक (लाइभ) बिहीबार, असार ५, २०८२
कलाकारसँग अन्तरक्रिया : भिडियोमा सुर्तीजन्य पदार्थ कथाले माग्छ ?
कलाकारसँग अन्तरक्रिया : भिडियोमा सुर्तीजन्य पदार्थ कथाले माग्छ ? बिहीबार, असार ५, २०८२
आर्थिक समृद्धिका लागि जलविद्युत् र धार्मिक पर्यटनलाई सरकारले जोड दिनुपर्छ
आर्थिक समृद्धिका लागि जलविद्युत् र धार्मिक पर्यटनलाई सरकारले जोड दिनुपर्छ बुधबार, असार ४, २०८२
प्रतिनिधि सभा बैठक
प्रतिनिधि सभा बैठक सोमबार, असार २, २०८२
रास्वपा सांसदको अवरोध र नाराबाजीबीच प्रतिनिधि सभाको बैठक जारी (लाइभ)
रास्वपा सांसदको अवरोध र नाराबाजीबीच प्रतिनिधि सभाको बैठक जारी (लाइभ) आइतबार, असार १, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
कैलालीमा कैदीबन्दी मृत्यु प्रकरण: प्रहरी सई नाथ पक्राउ बिहीबार, असार ५, २०८२
दैलेखमा एक अर्ब १२ करोड घनमिटर मिथेन ग्यासको भण्डारण रहेको पुष्टि बिहीबार, असार ५, २०८२
पत्रकार पाठकविरुद्ध जारी अल्पकालीन अन्तरिम आदेशलाई पाटन उच्च अदालतले दियो निरन्तरता, तत्काल पक्राउ नगर्न निर्देशन बिहीबार, असार ५, २०८२
टी–२०आई सिरिजमा नेपालले आज स्कटल्यान्डसँग खेल्दै शुक्रबार, असार ६, २०८२
आङ सान सुकीको ८० औँ जन्मदिन जेलमा बिहीबार, असार ५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
अवुधावीमा मनाइयो गणतन्त्र दिवस नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
स्कटल्याण्डमा हुने टी–२०आई सिरिजका लागि नेपाली टोली घोषणा, तीन खेलाडी थपिए शुक्रबार, जेठ ३०, २०८२
तेहरानको हवाई क्षेत्र पूर्ण रुपमा नियन्त्रणमा लिएको इजरायलको दाबी सोमबार, असार २, २०८२
विश्व बैङ्कबाट २० अर्ब ७९ करोड ऋण स्वीकारसहित यी हुन् मन्त्रिपरिषद् बैठकका १९ निर्णय (सूचीसहित) बुधबार, असार ४, २०८२
यस्तो छ कांग्रेस-एमाले र माओवादीबीचको २ बुँदे सहमति शुक्रबार, जेठ ३०, २०८२
इरानद्वारा मोसादको मुख्यालयमा आक्रमण, इजरायली आक्रमणमा चार दिनअघि मात्र नियुक्त भएका इरानका उपकमाण्डर मारिए मंगलबार, असार ३, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्