काठमाडौं– भदौ महिनाको वित्तीय स्थितिले चालू खाता २३ अर्ब ५० करोडले बचतमा रहेको देखाएको छ। त्यस्तै १०.३ महिना आयात धान्न सक्ने अवस्थामा आर्थिक स्थिति रहेको राष्ष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार आयात गत वर्षको सोही अवधिको तुलनामा ५.१ प्रतिशत र निर्यात ७.८ प्रतिशतले बढेकाले चालुखाता बचतमा देखिएको उल्लेख गरेको छ।
गत आर्थिक वर्षको समीक्षा अवधिमा चालु खाता ३६ अर्ब ८४ करोडले घाटामा थियो। चालु खातामा देखिएको बचतसँगै मुलुक शोधनान्तर स्थिति पनि ५३ अर्ब ६१ करोडले बचतमा देखिएको छ।
अघिल्लो वर्षको यसै अवधिमा चालुखाता २० अर्ब ८१ करोडले घाटामा थियो। चालुखाता र शोधनान्तरस्थिति बचतमा भएकाले विदेशी मुद्रा सञ्चितिले १०.३ महिनाको वस्तु तथा आयात धान्न पर्याप्त रहेको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ।
चालू आर्थिक वर्षको भदौ मसान्तसम्ममा नेपालसँग १२ अर्ब १ करोड डलर विदेशी मुद्राको सञ्चिति रहेको छ। विदेशी मुद्राको सञ्चिति गत वर्षको सोही अवधिको तुलनामा नेपाली मुद्रामा ३.९ प्रतिशत र डलरमा २.६ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ।
पूर्णपाठ
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।