काठमाडौं– नेपाल राष्ट्र बैंकका अनुसार भदौ महिनामा मात्र करिब १ खर्ब १२ अर्ब रेमिट्यान्स भित्रिएको छ।
राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको आर्थिक वर्ष ८०/८१ को दोस्रो महिनाको आर्थिक समीक्षा प्रतिवेदन अनुसार नयाँ आर्थिक वर्षको पहिलो दुई महिनाभित्रमा २ खर्ब २८ अर्ब २७ करोड विप्रेषण आप्रवाह भएको उल्लेख छ।
‘समीक्षा अवधिमा विप्रेषण आप्रवाह २२.१ प्रतिशतले वृद्धि भई २ खर्ब २८ अर्ब ३७ करोड पुगेको छ,’ प्रतिवेदनमा उल्लेख छ।
उपरोक्त रेमिट्यान्समध्ये साउन मसान्तसम्ममा १ खर्ब १६ अर्ब २ करोड रेमिट्यान्स भित्रिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।