काठमाडौँ– शुक्रबारबाट हलमा प्रदर्शन हुने फिल्म ‘कौसीद’को सेन्सरको झमेलाका कारण बिहानी शो हुन सकेन।
फिल्मको क्लाइमेक्स परिवर्तन गर्न बाध्य बनाइएको निर्माता केदार भुषालले बताएका छन्। ‘फिल्मको क्लाइमेक्स चेन्ज नगरे सेन्सर पास नगर्ने बोर्डबाट धम्की आयो,’ उनले भने।
क्लाइमेक्सलाई काटेपछि मात्र बोर्डले आज सेन्सर पास गरेको छ। त्यसकारण फिल्मको बिहानी शो रद्द भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।