काठमाडौं– शुक्रबारबाट दुई फिल्म प्रदर्शनमा आएका छन्। कुमार भाष्कर निर्देशित ‘कौसीद’र नारायण रायमाझी निर्देशित ‘परदेशी २’एकसाथ प्रदर्शनमा आएका हु्न्।
फिल्म ‘कौसिद’ एउटा शिक्षकको जीवन संघर्ष र अन्तरद्वन्द्वको कथामा आधारित छ। ‘परदेशी २’ विदेशिएका युवाको कथामा आधारित छ। ‘कौसीद’मा भोलाराज सापकोटा र ऋचा शर्मा मुख्य भूमिकामा छन्। त्यसैगरी रुपेश दाहाल, परिक्षित विक्रम राणा, सदिक्षा गौतम, निर्भिक भट्टराई र सन्दीप लोहनीको पनि मुख्य भुमिका छ।
केदार भुसालको निर्माणमा तयार भएको यो फिल्मको कार्यकारी निर्माता दिमेश श्रेष्ठ र सह-निर्माता लक्ष्मण बानियाँ हुन्। यो फिल्मको कथा लेखन नवविजय प्रकाश श्रेष्ठ र धिर्जन थपलियाले गरेका छन्। निसाल पौडेलले छायांकन गरेको फिल्ममा भिम विश्वकर्माको सम्पादन छ।
‘परदेशी २’ मा प्रकाश सपूत, केकी अधिकारी, वर्षा सिवाकोटी, दिलीप रायमाझी, प्रशान्त तामाङ, नीर शाह, रमा थपलिया, सुशील पोखरेल, सविन बास्तोला, भीमा मैनाली, देवेन्द्र बब्लु, रोशनी कार्कीलगायतको अभिनय छ।
फिल्मको निर्मातामा राजेश बंशल र निर्देशक रायमाझी रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।