काठमाडौं– केदार श्रेष्ठ मूलत: रंगकर्मी हुन्। उनले थुप्रै नाटकको निर्देशन गरेका छन्। उनले निर्देशन गरेको लघु चलचित्र ‘जुनुको जुत्ता’ले अन्तर्राष्ट्रिय फेस्टिभलहरूमा अवार्डसमेत जितेको छ। उनले कास्टिङ निर्देशन गरेको फिल्म ‘ऐना झ्यालको पुतली’ले पनि दर्शकहरूमा निकै राम्रो छाप छाड्यो। उनै निर्देशक केदारले दशैंका लागि दुई फिल्म सिफारिस गरेका छन्।
डिपार्चर,
सन् २०००८मा बनेको फिल्म ‘डिपार्चर’ लाई योजिरो टकिताले निर्देशन गरेका हुन्।
यो घटनाभन्दा पनि संघर्ष र सम्बन्धको कथामा बनेको फिल्म हो। यो जापानी फिल्म भए पनि मानिसका भावना, आवेग, संवेग, सम्बन्धहरूको विश्वव्यापी हो। यसको सामान्य तर अर्थपूर्ण सुन्दर प्रस्तुतिले मलाई हरेकपटक छुन्छ।
त्यति खतरनाक फिल्म होइन होला, तर मैले धेरैपटक हेरेर पनि फेरि हेर्न मन लाग्ने फिल्म हो।
कलर अफ प्याराडाइज
सन् १९९९मा बनेको इरानी फिल्म ‘कलर अफ प्याराडाइज’को मोहम्मद पात्र मेरो प्रिय पात्र हो। यो यथार्थवादी फिल्मले मलाई चाहिँ सँधै थ्रिल गर्छ। यो फिल्मका निर्देशक हुन् मजिद मजिदी।
सम्बन्धहरूको पनि सम्बन्ध हुन्छ र आँखा भौतिकभन्दा आत्मिक कुरा हो भन्ने यसले गराएको महसुस अविस्मरणीय छ।
नेपालमा चाहिँ बेला बेला हेर्न मन लाग्ने फिल्ममा सिमारेखा र वासुदेव हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।