काठमाडौं– गोलकिपरले रातो कार्ड खाएपछि स्ट्राइकर ओलिभर जिरुड गोलकिपर बनेको खेलमा एसी मिलानले जित निकालेको छ। इटालियन ‘सिरी ए’ मा एसी मिलानले जेनोआलाई १–० ले हराउँदै शीर्ष स्थानमा उक्लियो।
८७औं मिनेटमा मुसाहको पासमा पुलसिकले गोल गरेपछि मिलानले जेनोआमाथि १–० को अग्रता बनाएको थियो। ८० मिनेटपछि थप गरिएको समयको ९८ मिनेटमा मिलानको गोलकिपरले विपक्षी खेलाडीलाई खराब फउल गरेपछि भारमार्फत् गोलकिपर मैगननले सोझै रातो कार्ड खाएका थिए।
त्यसपछि गोलपोस्ट मिलानका जिरुडले सम्हालेका थिए। स्टाइकर जिरुड अन्तिम ७ मिनेटसम्म गोलकिपर बनेर खेलेका थिए। जिरुडकै उत्कृष्ट बचाउमा मिलानले अग्रता जोगाउँदै खेल जित्यो।
९० मिनेटपछिको १३औं मिनेटमा जेनोआका गोलकिपर मार्टिन्ज पनि रातो कार्ड खाँदै मैदानबाट बाहिरिएका थिए।
जितसँगै ८ खेलबाट २१ अंकका साथ मिलान लिगको शीर्ष स्थानमा उक्लिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।