काठमाडौं– इजरायलमा प्यालेस्टिनी संगठन हमासको आक्रमणपछि प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले युद्धको घोषणा गरेका छन्।
मन्त्रिपरिषद्को आकस्मिक बैठकपछि उनले भने, ‘यो युद्ध हो र हामी यसलाई जरुस जित्नेछौं। दुश्मनलाई यसको मूल्य चुकाउनुपर्नेछ।’ त्यसपछि इजरायली सेनाले हमासको क्षेत्रमा फाइटर जेटमार्फत् आक्रमण गरेको छ।
यता इजरायलको बिग्रिँदो अवस्थाका बीच भारतीय एम्बेसीले आफ्ना नागरिकका लागि एडभाइजरी जारी गरेको छ। भारतले आफ्ना नागरिकलाई सुरक्षित रहन अनुरोध गरेको छ।
यसअघि हमासले शनिबार बिहान करिब साढे ६ बजे इजरायलको राजधानी तेल अवीवसमेत सातवटा सहरमा पाँच हजार रकेट प्रहार गरेको थियो।
इजरायलको सेनाका अनुसार गाजापट्टीबाट २ हजार २ सय रकेट फायर गरिएको छ। अल जजीराको रिपोर्ट अनुसार उक्त रकेट विभिन्न संरचनामा खसेका थिए। अहिलेसम्म २२ जनाको मृत्यु भइसकेको छ भने ५४५ भन्दा बढी मानिस घाइते भएका छन्।
हमासले उक्त अप्रेशनलाई ‘अल अक्सा फ्लड’ नाम दिएको छ। यता इजरायलको सेनाले हमासविरुद्ध ‘अप्रेशन आइरन स्वार्ड’ सुरु गरेको छ। हमासका सैन्य कमाण्डर मोहम्मद दीफले भने, ‘यो आक्रमण जेरुसेलममा अल अक्सा मस्जिदलाई इजरायलका तर्फबाट अपवित्र गर्नेको बदलता हो।’
इजरायली प्रहरीले गत अप्रिलमा अल अक्सा मस्जिदमा ग्रिनेड प्रहार गरेको थियो। हमासका प्रवक्ता गाजी हामले अलजजीरासँग कुरा गर्दै भने, ‘यो कारबाही ती अबर दशलाई हाम्रो जवाफ हो। जो इजरायलका साथ सम्बन्ध बढाउँदैछन्।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।