काठमाडौं– यसवर्षको साहित्यतर्फको नोबेल पुरस्कार नर्वेका लेखक यून फोसालाई दिइएको छ।
नोबेल पुरस्कार दिने स्वीडिश एकेडेमीका अनुसार यून फोसाको इनोभेटिभ (प्रयोगात्मक) नाटक र गद्यमा ती व्यत्तिहरुको आजाव मुखरित भएका छन् जो आफ्नो कुरा राख्न सक्दैनन्।
वर्ष १९५९ मा जन्मिएका यून फोसाले अहिलेसम्म ४० भन्दा बढी नाटक, कैयौं उपन्यास, निबन्ध, बालबालिकाका लागि किताब लेखेका छन्। यसका साथै उनले अनुवादको क्षेत्रमा पनि योगदान दिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।