काठमाडौं– अमेरिकी संसद् (कंग्रेस)को तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्सका सभामुख केबिन म्याकार्थी पदमुक्त भएका छन्। आफूलाई पदबाट हटाउने विषयमा भएको भोटिङमा विपक्षमा धेरै मत परेपछि सभामुख म्याकार्थी पदमुक्त भएका हुन्।
सभामुख म्याकार्थीलाई पदमुक्त गर्नुपर्ने भन्ने प्रस्तावमा मतदान हुँदा म्याकार्थीको पक्षमा २१० मत परेको थियो। जबकि उनको विपक्ष अर्थात् पदबाट हटाउनुपर्ने भन्ने पक्षमा २१६ मत खस्यो।
रिपब्लिकन पार्टीका म्याकार्थीविरुद्ध सोही पार्टीका ८ सांसदले भोट हालेका हुन्। केही डेमोक्रेट पार्टीका सांसदले उनको पक्षमा भोट हाल्ने पूर्वानुमान समेत फेल भएको छ। उनलाई भोट गर्ने सबै २१० रिपब्लिकन सांसद् हुन्।
म्याकार्थी पदमुक्त भएपछि सभामुखको पद खाली भएको घोषणा गरिएको छ। यससँगै फ्लोररिडाका सांसद् मेट गेट्जलाई अबको सभामुखका रुपमा हेरिएको छ। आफ्नै पार्टीका सभामुख म्याकार्थीबिरुद्ध उनले निरन्तर अभिव्यक्ति दिइरहेका थिए।
नर्थ क्याीरोलिनाका प्याट्रिक म्याकहेनरी अस्थायी सभामुख चुनिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।