• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असार १६, २०८३ Tue, Jun 30, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

दसैंका लागि ६८ हजार खसीबोका र च्यांग्रा उपत्यकामा भित्र्याइँदै

64x64
नेपाल लाइभ मंगलबार, असोज १६, २०८०  १९:३५
1140x725

काठमाडौं– सरकारले दसैंलाई लक्षित गरी ८ करोड रुपैयाँ बराबरको २ हजार खसी र च्यांग्रा काठमाडौं ल्याउने भएको छ।  निजी कम्पनीले पनि खसीबोका र च्यांग्रा गरी ६५ हजार ल्याउने तयारी गरेको बताएको छ। जस अनुसार सरकार र निजी कम्पनीले दसैंका लागि ६८ हजार खसीबोका र च्यांग्रा उपत्यकामा भित्र्याउने भएका छन्। 

सरकार मातहतको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले २ हजार खसी र १ हजार च्यांग्रा ल्याउने तयारी गरेको कम्पनीकी सूचना अधिकारी सर्मिला न्यौपाने सुवेदीले बताइन्। जसका लागि ८ करोड ३३ लाख ४० हजार रुपैयाँ बजेट विनियोजन गरिएको उनको भनाइ छ। अघिल्ला वर्षहरुमा जस्तै हेटौंडा, दाङ, धादिङ, मकवानपुरलगायत जिल्लाबाट खसीबोका किन्ने तयारी गरिरहेको उनले बताइन्। च्यांग्राका लागि भने मुस्ताङ मुख्य केन्द्र रहेको उनको भनाइ छ।

‘सुरूमा त नेपाली खसी बोका च्यांग्रा कति छन्। त्यसैलाई प्राथमिकता दिइने तयारी भएको छ। अब नेपाली उत्पादनले पुगेन भने पनि छिमेकी मूलुकसँग जोडिएको रसुवा नाका खुल्दै छ,’ सुवेदीले भनिन्। खसीबोका किन्न खाद्य कम्पनीको जिल्ला प्राथमिक खरिद समिति रहन्छ। समितिमा प्रमुख जिल्ला अधिकारी, खाद्य, कृषि विकास र किसानसहित सदस्य हुन्छन्। समितिले मूल्य निर्धारण गरेपछि सोही मूल्यमा खरिद हुन्छ। प्रशासनिक र ढुवानी खर्च जोडेर खाद्यले मूल्य निर्धारण गर्ने गरेको सुवेदीले बताइन्।

कम्पनीले यसपाली खसीबोका खरिद बजेट पनि ६ करोड ४३ लाखबाट बढाएर ८ करोड ३३ लाख ४० हजार पुर्‍याएको छ। अघिल्लो वर्ष खाद्य कम्पनीले २३ सय खसीबोका/च्यांग्रा खरिद गर्ने लक्ष्य राखेको थियो। यसपाली ३ हजार लक्ष्य राखेको उनको भनाइ छ।

खसीबोका र च्यांग्रा घटस्थापनाको दिनसम्म ल्याइसक्ने र भोलिपल्टदेखि बिक्री वितरण गर्ने तयारीसमेत गरेको सुवेदीले बताइन्।

nimb
nimb
Ncell 2
Ncell 2

निजी क्षेत्रले ५० हजार खसीबोका ल्याउँदै 
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता गजेन्द्र ठाकुरले खाद्य कम्पनी, पशु सेवा विभाग र व्यवसायीसहित भएको बैठकमा निजी कम्पनीले ५० हजार खसीबोका ल्याउने निर्णय भएको बताए। निजी कम्पनीले खसीबोका गाउँ–गाउँमा गएर खरिद गर्ने बताएको उनको भनाइ छ।

‘सरकारी खसीबोका यही असोज २१ बाट बिक्री सुरू हुन्छ। खसीबोकामा प्रतिकिलो १० रुपैयाँ छुट हुनेछ,’ उनले भने। यो वर्ष स्वदेशी उत्पादनलाई प्राथमिकता दिने उनले बताए। स्वदेशमै उत्पादित खसीबोका र च्यांग्रा खरिदबिक्री गर्ने सरकारले लक्ष्य लिएको उनको भनाइ छ। जिल्ला जिल्लामा उत्पादन बढेकाले स्वदेशी उत्पादनलाई नै प्राथमिकता दिन आग्रहसमेत गरिएको उनी बताउँछन्।

उक्त बैठकमा पशु सेवा विभागले नेपालमा खसीबोकाको संख्या ३६ लाख रहेको तथ्यांक प्रस्तुत गरेको थियो। वार्षिक उत्पादन साढे ७ लाख अर्थात् २० प्रतिशतले बढ्ने विभागले जनाएको छ। नेपालमा वार्षिक खसीबोकाको माग ५ लाख रहेको छ। मागभन्दा उत्पादन बढी भएकाले विदेशी आयात गर्नुपर्ने बाध्यता नभएको ठाकुर बताउँछन्।

‘स्वदेशी खरिद हुँदा किसानलाई पनि राम्रो हुन्छ। गत वर्षको दसैंमा व्यवसायीले जिल्लाबाट ४० हजार खसीबोका ल्याएर बिक्री गरेको मन्त्रालयको तथ्यांक छ। यो वर्ष ५० हजार ल्याउने तयारी छ,’ ठाकुरले भने। निजी व्यवसायीले पनि ५० हजार खसीबोका र १० देखि १५ हजार च्यांग्रा ल्याउने बताएका छन्। एउटा खसीको औसत तौल ३५ देखि ४० किलो हुने काठमाडौं चौपाया खरिदबिक्री प्रालिका अध्यक्ष जनक खड्काले बताए।

‘२० हजारका दरले ५० हजार खसीबोकाको मूल्य १ अर्ब रुपैयाँ हुन्छ। गत वर्षझैं यस वर्ष करिब १० देखि १५ हजार च्यांग्रा ल्याउँछौं,’ उनले भने, ‘एउटा च्यांग्राको मूल्य ३५ देखि ४५ हजार रुपैयाँसम्म पर्छ। औसत मूल्य ३५ हजारले पनि ५२ करोड ५० लाख रुपैयाँ पर्छ।’

खड्काले यसपाली मूल्य खासै नबढ्ने बताए उनले बताए। ‘यसपाली स्वदेशी उत्पादन पर्याप्त छ। हिउँदे दसैं भएकाले ढुवानीमा समस्या हुँदैन। गत वर्षको तुलनामा महंगो पर्दैन। यसपालीको दसैंमा करिब ९५ प्रतिशत स्वदेशी खसीबोका बिक्री हुने देखिन्छ’, उनले भने। सरकारले अघिल्लो वर्ष खसीबोकाको सहुलियत दरमा बिक्री गर्ने मूल्य प्रतिकिलो ६ सय ७० रुपैयाँ तोकेको थियो। 

च्यांग्राको मूल्य प्रतिकिलो १२ सय ६० रुपैयाँ तोकेको थियो। त्यसमा प्रतिकिलो १० रुपैयाँ छुटसहित उपभोक्तालाई प्रतिकिलो १२ सय ५० रुपैयाँमा बेचेको थियो। यो वर्ष मूल्य कति तोक्ने भन्ने बारे तत्काल छलफल नभएको उनले बताइन्। निजी खरिदबिक्री सेवा संघले तराईको खसी प्रतिकिलो ७ सय १० देखि ७ सय ५० रुपैयाँ तोकेको थियो। लोकल खसी प्रतिकिलो ६ सय ८० देखि ७ सय १० रुपैयाँ तोकेको थियो। व्यवसायीले सुरुमा च्यांग्राको मूल्य प्रतिकिलो १३ सय रुपैयाँ तोकेका थिए। खाद्यको च्यांग्रा सकिएपछि भने मूल्य बढाएका थिए।

प्रकाशित मिति: मंगलबार, असोज १६, २०८०  १९:३५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
डोल्पाको फोक्सुण्डो खोलाको खोँचबाट दुई दिनपछि शव निकालियो
दुई ठाउँमा पहिरो खसेपछि कान्तिराजपथमा आवागमन बन्द
बाढी-पहिरोले अवरुद्ध छन् यी राजमार्ग
सम्बन्धित सामग्री
सहकारीले ऋणीबाट बाँकी ब्याजको ५ प्रतिशत हर्जाना लिन पाउने सरकारले सहकारी ऐन २०७४ संशोधनका लागि संघीय संसदको प्रतिनिधि सभामा दर्ता विधेयमा हर्जानाको सीमा ५ प्रतिशत भन्दा बढी नहुनेगरी तोकेको छ... आइतबार, असार १४, २०८३
राष्ट्र ऋण उठाउने विधेयक पारित सभाको आजको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राखेको सो ‘विधेयकलाई पारित गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिबाट पारित भएको हो। आइतबार, असार १४, २०८३
प्रतिनिधि सभाबाट आर्थिक विधेयक-२०८३ स्वीकृत विधेयकमाथि दर्ता भएका संशोधन प्रस्तावहरूमाथिको छलफलमा सांसदहरूले उठाएका जिज्ञासाको जवाफ दिने क्रममा अर्थमन्त्री वाग्लेले सरकारले आगा... आइतबार, असार १४, २०८३
ताजा समाचारसबै
डोल्पाको फोक्सुण्डो खोलाको खोँचबाट दुई दिनपछि शव निकालियो मंगलबार, असार १६, २०८३
दुई ठाउँमा पहिरो खसेपछि कान्तिराजपथमा आवागमन बन्द मंगलबार, असार १६, २०८३
बाढी-पहिरोले अवरुद्ध छन् यी राजमार्ग मंगलबार, असार १६, २०८३
कपिलवस्तुमा यात्रुवाहक बस दुर्घटना हुँदा २२ जना घाइते मंगलबार, असार १६, २०८३
पाराग्वेसँग स्तब्ध बन्दै जर्मनी विश्वकपबाट बाहिरियो मंगलबार, असार १६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
कुनै पनि त्रुटिका कारण सरकारी जग्गा व्यक्तिको नाममा कायम हुन नसक्ने सर्वोच्चको व्याख्या सोमबार, असार १५, २०८३
आज यी प्रदेशमा भारी वर्षाको सम्भावना मंगलबार, असार १६, २०८३
पाराग्वेसँग स्तब्ध बन्दै जर्मनी विश्वकपबाट बाहिरियो मंगलबार, असार १६, २०८३
विष्णु पौडेललाई म्याद थपका लागि विशेष अदालतमा उपस्थित गराइयाे सोमबार, असार १५, २०८३
जापानलाई हराउँदै ब्राजील अन्तिम १६ मा मंगलबार, असार १६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
गृहमन्त्रीले खाएको अम्लेटमा माछाको काँडा भेटिएपछि कुक र होटेल म्यानेजर नियन्त्रणमा, जरिवानापछि रिहा गरिँदै मंगलबार, असार ९, २०८३
रास्वपाको महामन्त्रीमा ५ जना दाबेदार बिहीबार, असार ११, २०८३
पतञ्जलि जग्गा हिनामिना प्रकरण : माधव नेपाल क्याबिनेटका सबै मन्त्रीलाई बकपत्रमा झिकाउने आदेश बिहीबार, असार ११, २०८३
रास्वपा कोशी प्रदेशबाट केन्द्रीय सदस्यका उम्मेदवारमध्ये निशा मेहतालाई सर्वाधिक मत बिहीबार, असार ११, २०८३
टेम्पो भिरबाट खसालेको घटनामा पीडित धनादेवीलाई ५ लाख क्षतिपूर्ति बुधबार, असार १०, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्