• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
मंगलबार, असार ३, २०८२ Tue, Jun 17, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार
दसैंका लागि ६८ हजार खसीबोका र च्यांग्रा उपत्यकामा भित्र्याइँदै
64x64
नेपाल लाइभ मंगलबार, असोज १६, २०८०  १९:३५
1140x725

काठमाडौं– सरकारले दसैंलाई लक्षित गरी ८ करोड रुपैयाँ बराबरको २ हजार खसी र च्यांग्रा काठमाडौं ल्याउने भएको छ।  निजी कम्पनीले पनि खसीबोका र च्यांग्रा गरी ६५ हजार ल्याउने तयारी गरेको बताएको छ। जस अनुसार सरकार र निजी कम्पनीले दसैंका लागि ६८ हजार खसीबोका र च्यांग्रा उपत्यकामा भित्र्याउने भएका छन्। 

सरकार मातहतको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले २ हजार खसी र १ हजार च्यांग्रा ल्याउने तयारी गरेको कम्पनीकी सूचना अधिकारी सर्मिला न्यौपाने सुवेदीले बताइन्। जसका लागि ८ करोड ३३ लाख ४० हजार रुपैयाँ बजेट विनियोजन गरिएको उनको भनाइ छ। अघिल्ला वर्षहरुमा जस्तै हेटौंडा, दाङ, धादिङ, मकवानपुरलगायत जिल्लाबाट खसीबोका किन्ने तयारी गरिरहेको उनले बताइन्। च्यांग्राका लागि भने मुस्ताङ मुख्य केन्द्र रहेको उनको भनाइ छ।

‘सुरूमा त नेपाली खसी बोका च्यांग्रा कति छन्। त्यसैलाई प्राथमिकता दिइने तयारी भएको छ। अब नेपाली उत्पादनले पुगेन भने पनि छिमेकी मूलुकसँग जोडिएको रसुवा नाका खुल्दै छ,’ सुवेदीले भनिन्। खसीबोका किन्न खाद्य कम्पनीको जिल्ला प्राथमिक खरिद समिति रहन्छ। समितिमा प्रमुख जिल्ला अधिकारी, खाद्य, कृषि विकास र किसानसहित सदस्य हुन्छन्। समितिले मूल्य निर्धारण गरेपछि सोही मूल्यमा खरिद हुन्छ। प्रशासनिक र ढुवानी खर्च जोडेर खाद्यले मूल्य निर्धारण गर्ने गरेको सुवेदीले बताइन्।

कम्पनीले यसपाली खसीबोका खरिद बजेट पनि ६ करोड ४३ लाखबाट बढाएर ८ करोड ३३ लाख ४० हजार पुर्‍याएको छ। अघिल्लो वर्ष खाद्य कम्पनीले २३ सय खसीबोका/च्यांग्रा खरिद गर्ने लक्ष्य राखेको थियो। यसपाली ३ हजार लक्ष्य राखेको उनको भनाइ छ।

खसीबोका र च्यांग्रा घटस्थापनाको दिनसम्म ल्याइसक्ने र भोलिपल्टदेखि बिक्री वितरण गर्ने तयारीसमेत गरेको सुवेदीले बताइन्।

Ncell 2
Ncell 2

निजी क्षेत्रले ५० हजार खसीबोका ल्याउँदै 
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता गजेन्द्र ठाकुरले खाद्य कम्पनी, पशु सेवा विभाग र व्यवसायीसहित भएको बैठकमा निजी कम्पनीले ५० हजार खसीबोका ल्याउने निर्णय भएको बताए। निजी कम्पनीले खसीबोका गाउँ–गाउँमा गएर खरिद गर्ने बताएको उनको भनाइ छ।

‘सरकारी खसीबोका यही असोज २१ बाट बिक्री सुरू हुन्छ। खसीबोकामा प्रतिकिलो १० रुपैयाँ छुट हुनेछ,’ उनले भने। यो वर्ष स्वदेशी उत्पादनलाई प्राथमिकता दिने उनले बताए। स्वदेशमै उत्पादित खसीबोका र च्यांग्रा खरिदबिक्री गर्ने सरकारले लक्ष्य लिएको उनको भनाइ छ। जिल्ला जिल्लामा उत्पादन बढेकाले स्वदेशी उत्पादनलाई नै प्राथमिकता दिन आग्रहसमेत गरिएको उनी बताउँछन्।

उक्त बैठकमा पशु सेवा विभागले नेपालमा खसीबोकाको संख्या ३६ लाख रहेको तथ्यांक प्रस्तुत गरेको थियो। वार्षिक उत्पादन साढे ७ लाख अर्थात् २० प्रतिशतले बढ्ने विभागले जनाएको छ। नेपालमा वार्षिक खसीबोकाको माग ५ लाख रहेको छ। मागभन्दा उत्पादन बढी भएकाले विदेशी आयात गर्नुपर्ने बाध्यता नभएको ठाकुर बताउँछन्।

‘स्वदेशी खरिद हुँदा किसानलाई पनि राम्रो हुन्छ। गत वर्षको दसैंमा व्यवसायीले जिल्लाबाट ४० हजार खसीबोका ल्याएर बिक्री गरेको मन्त्रालयको तथ्यांक छ। यो वर्ष ५० हजार ल्याउने तयारी छ,’ ठाकुरले भने। निजी व्यवसायीले पनि ५० हजार खसीबोका र १० देखि १५ हजार च्यांग्रा ल्याउने बताएका छन्। एउटा खसीको औसत तौल ३५ देखि ४० किलो हुने काठमाडौं चौपाया खरिदबिक्री प्रालिका अध्यक्ष जनक खड्काले बताए।

‘२० हजारका दरले ५० हजार खसीबोकाको मूल्य १ अर्ब रुपैयाँ हुन्छ। गत वर्षझैं यस वर्ष करिब १० देखि १५ हजार च्यांग्रा ल्याउँछौं,’ उनले भने, ‘एउटा च्यांग्राको मूल्य ३५ देखि ४५ हजार रुपैयाँसम्म पर्छ। औसत मूल्य ३५ हजारले पनि ५२ करोड ५० लाख रुपैयाँ पर्छ।’

खड्काले यसपाली मूल्य खासै नबढ्ने बताए उनले बताए। ‘यसपाली स्वदेशी उत्पादन पर्याप्त छ। हिउँदे दसैं भएकाले ढुवानीमा समस्या हुँदैन। गत वर्षको तुलनामा महंगो पर्दैन। यसपालीको दसैंमा करिब ९५ प्रतिशत स्वदेशी खसीबोका बिक्री हुने देखिन्छ’, उनले भने। सरकारले अघिल्लो वर्ष खसीबोकाको सहुलियत दरमा बिक्री गर्ने मूल्य प्रतिकिलो ६ सय ७० रुपैयाँ तोकेको थियो। 

च्यांग्राको मूल्य प्रतिकिलो १२ सय ६० रुपैयाँ तोकेको थियो। त्यसमा प्रतिकिलो १० रुपैयाँ छुटसहित उपभोक्तालाई प्रतिकिलो १२ सय ५० रुपैयाँमा बेचेको थियो। यो वर्ष मूल्य कति तोक्ने भन्ने बारे तत्काल छलफल नभएको उनले बताइन्। निजी खरिदबिक्री सेवा संघले तराईको खसी प्रतिकिलो ७ सय १० देखि ७ सय ५० रुपैयाँ तोकेको थियो। लोकल खसी प्रतिकिलो ६ सय ८० देखि ७ सय १० रुपैयाँ तोकेको थियो। व्यवसायीले सुरुमा च्यांग्राको मूल्य प्रतिकिलो १३ सय रुपैयाँ तोकेका थिए। खाद्यको च्यांग्रा सकिएपछि भने मूल्य बढाएका थिए।

प्रकाशित मिति: मंगलबार, असोज १६, २०८०  १९:३५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
इरानद्वारा मोसादको मुख्यालयमा आक्रमण, इजरायली आक्रमणमा चार दिनअघि मात्र नियुक्त भएका इरानका उपकमाण्डर मारिए
इरान–इजरायलबीच युद्धविराम भन्दा पनि अझ राम्रो अपेक्षा छ : ट्रम्प
रवीन्द्र मिश्रलाई तीन लाख धरौटीमा छाड्न अदालतको आदेश
सम्बन्धित सामग्री
सेयर बजार ओरालो यात्रामा, कारोबार रकममा भारी गिरावट कारोबार रकममा उल्लेख्य कमी आएको छ। अघिल्लो दिन १३ अर्ब १८ करोडको कारोबार भएकोमा आज ७ अर्ब ६५ करोडमा खुम्चियो। मंगलबार, असार ३, २०८२
सुनको मूल्य तोलामा २ हजार रुपैयाँ घट्यो नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९५ हजार ५०० रुपैयाँ कायम भएको हो। मंगलबार, असार ३, २०८२
बजेटको प्रभावकारी कार्यान्वयनमा आशंका नगर्न अर्थमन्त्री पौडेलको आग्रह बजेटको कार्यान्वनमा सम्वद्ध मन्त्रालय र आयोजना प्रमुखहरुलाई जवाफदेही बनाइने उनको भनाइ छ । पौडेलले बजेटलाई प्रभावकारी रुपमा कार्यान्व... सोमबार, असार २, २०८२
ताजा समाचारसबै
इरान–इजरायलबीच युद्धविराम भन्दा पनि अझ राम्रो अपेक्षा छ : ट्रम्प मंगलबार, असार ३, २०८२
रवीन्द्र मिश्रलाई तीन लाख धरौटीमा छाड्न अदालतको आदेश मंगलबार, असार ३, २०८२
महोत्तरीमा घट्दै ट्राफिक कारबाही मंगलबार, असार ३, २०८२
सूचना टाँसेर प्रतिनिधिसभा बैठक स्थगित मंगलबार, असार ३, २०८२
भिजिट भिसा प्रकरणको अनुसन्धानको लागि उच्चस्तरीय छानबिन आयोग चाहिन्छः रास्वपा मंगलबार, असार ३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
प्रतिनिधि सभा बैठक
प्रतिनिधि सभा बैठक सोमबार, असार २, २०८२
रास्वपा सांसदको अवरोध र नाराबाजीबीच प्रतिनिधि सभाको बैठक जारी (लाइभ)
रास्वपा सांसदको अवरोध र नाराबाजीबीच प्रतिनिधि सभाको बैठक जारी (लाइभ) आइतबार, असार १, २०८२
समावेशी लोकतन्त्रको व्यवहारिक अभ्यास गर्छौ : देउवा(भिडियो)
समावेशी लोकतन्त्रको व्यवहारिक अभ्यास गर्छौ : देउवा(भिडियो) शुक्रबार, जेठ ३०, २०८२
काठमाडौँ जिल्लाव्यापी बृहद् खेलकुद प्रतियोगिता–२०८२ आइतबारदेखि
काठमाडौँ जिल्लाव्यापी बृहद् खेलकुद प्रतियोगिता–२०८२ आइतबारदेखि शुक्रबार, जेठ ३०, २०८२
अनुसन्धान र अभियोजनलाई प्रमाणयुक्त बनाउन प्रधानमन्त्रीको आग्रह(भिडियो)
अनुसन्धान र अभियोजनलाई प्रमाणयुक्त बनाउन प्रधानमन्त्रीको आग्रह(भिडियो) शुक्रबार, जेठ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
तेहरानको हवाई क्षेत्र पूर्ण रुपमा नियन्त्रणमा लिएको इजरायलको दाबी सोमबार, असार २, २०८२
फेसबुकमा ‘अलबिदा’ लेखेर लेखेर सम्पर्कविहीन भएका डाक्टर श्रेष्ठ बालाजुमा फेला सोमबार, असार २, २०८२
अवतरणको अनुमति नपाएपछि जर्मनी फर्कियो विमान सोमबार, असार २, २०८२
अमेरिकामा गोलीबारी, आठ महिनाको बालकसहित तीन जनाको मृत्यु सोमबार, असार २, २०८२
आरजुलाई सांसद सिंहले गाली बेइज्जती गरेको अडियो–भिडियो मगाउन अदालतको आदेश सोमबार, असार २, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
अवुधावीमा मनाइयो गणतन्त्र दिवस नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
स्कटल्याण्डमा हुने टी–२०आई सिरिजका लागि नेपाली टोली घोषणा, तीन खेलाडी थपिए शुक्रबार, जेठ ३०, २०८२
सञ्चारकर्मी दिलभूषण पाठकलाई पक्राउ गर्न प्रहरी परिचालन बुधबार, जेठ २८, २०८२
सर्वोच्चले माग्यो प्रधानमन्त्री ओली र अर्थमन्त्री पौडेलसँग लिखित जवाफ मंगलबार, जेठ २७, २०८२
३७० रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्सले निकाल्याे कीर्तिमानी जित शुक्रबार, जेठ ३०, २०८२
तेहरानको हवाई क्षेत्र पूर्ण रुपमा नियन्त्रणमा लिएको इजरायलको दाबी सोमबार, असार २, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्