काठमाडौं- यस वर्षको भौतिक शास्त्रतर्फको नोबेल पुरस्कार पदार्थमा इलेक्ट्रोन गतिशीलताको अध्ययन गर्ने तीन वैज्ञानिकलाई प्रदान गरिएको छ। पियरे अगोस्टिनी, फेरेन्क क्राउज र एने ल'हुलिएरलाई उक्त पुरस्कार प्रदान गरिएको हो।
उनीहरूलाई पदार्थमा इलेक्ट्रोनको गतिशीलताको अध्ययनका निम्ति प्रकाशको ‘एटोसेकन्ड पल्स’ उत्पन्न गर्ने प्रयोगात्मक प्रक्रिया पत्ता लगाएकोमा पुरस्कृत गरिएको नोबेल पुरस्कार समितिले जनाएको छ।
सन् १८९५ मा स्वीडेनका वैज्ञानिक अल्फ्रेड नोबेलको नाममा स्थापित यो पुरस्कार भौतिक, रसायन, साहित्य, शान्ति, क्रिया विज्ञान तथा चिकित्सा र अर्थशास्त्र क्षेत्रमा प्रदान गरिने गरेको छ।
विजेतालाई नोबेल पुरस्कारका रूपमा प्रमाणपत्रसहित बाह्र लाख अमेरिकी डलर प्रदान गरिन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।