बैतडी– बैतडीको होटेलमा १ जना युवक मृत फेला परेका छन्। जिल्लाको दशरथचन्द नगरपालिका-८ स्थित नेपाल–भारत सीमामा पर्ने झुलाघाट बजारको बोहरा होटेलभित्र एक ३३ वर्षिय युवक मृत फेला परेका हुन्।
मृत फेला परेका युवक बझाङको छबिस पाथिभेरा गाउँपालिका–७ बुडखोरीका हिक्मत धामी रेहका जिल्ला प्रहरी कार्यालय बैतडी प्रहरी प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए।
उनका अनुसार भारतको अलमोडबाट काम गरेर स्वदेश फर्किएका धामी राति झुलाघाट बजारको बोहरा होटेलमा बास बेसका थिए। बास बसेका युवक राति साढे २ बजेको समयमा होटेलको माथिल्लो तलाको कोठामा मृत अवस्थामा फेला परेका प्रहरी प्रवक्ता खत्रीले बताए।
मृत्युको कारण खुलेको छैन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।