काठमाडौं– इंग्लिस प्रिमियर लिगमा शनिबार राति भएको खेलमा आर्सनलले सानदार जित निकालेको छ। आर्सनलले बोर्नमाउथमाथि ४–० को फराकिलो जित निकाल्यो।
आर्सनलको जितमा साका, ओडेगार्ड, हार्भट्ज र ह्वाइटले एक/एक गोल गरे। खेलको १७औं मिनेटमा साकाले गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए।
४४औं मिनेटमा पेनाल्टीमार्फत ओडेगार्डले गोल गरेपछि आर्सनलले अग्रता दोब्बर बनाएको थियो। दास्रो हाफको ५३औं मिनेटमा पेनाल्टीमार्फत नै हार्भट्जले गोल गरेपछि आर्सनलले ३–० को अग्रता बनायो।
९० मिनेटपछिका अतिरिक्त सयमा ओडेगार्डकै पासमा ह्वाइटले गोल गरेपछि आर्सनलले ४–० को जित निकाल्यो। जितसँगै आर्सनल ७ खेलबाट १७ अंकसहित तेस्रो स्थानमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।