काठमाडौं– नेपाल आयल निगमले दसैंको मुखैमा पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। इन्डियन आयल कर्पोरेशनबाट मूल्यसूची बढेर आएको भन्दै निगमले नेपालमा पेट्रोल, डिजेल र खाना पकाउने ग्यासको मूल्य वृद्धि गरेको हो।
निगमले पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ, डिजेलमा प्रतिलिटर ६ रुपैयाँ र खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर २१४ रुपैयाँले बढाएको हो। नयाँ मूल्य शनिबार राति १२ बजेपछि लागू हुने निगमले जनाएको छ।
यस्तै हवाई इन्धनमा प्रतिलिटर ८ रुपैयाँले बढेको छ। अब नयाँ बढेको मूल्य अनुसार पेट्रोल प्रतिलिटर १८५ रुपैयाँ, डिजेल/मट्टितेल १७९ रुपैयाँ, हवाई इन्धन आन्तरिकतर्फ १४४ र अन्तर्राष्ट्रिय १.०९६ अमेरिकी डलर तथा खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर २११० रुपैयाँ पर्नेछ।
![380184153_855012169532052_5319716834008157782_n1696086865.jpg](https://nepallive.net/uploads/posts/380184153_855012169532052_5319716834008157782_n1696086865.jpg)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।