काठमाडौं– स्पेनिस ला–लिगामा बिहीबार राति भएको खेलमा एथ्लेटिको मड्रिडले सहज जित निकालेको छ। एथ्लेटिकोले ओसासुनालाई २–० गोल अन्तरले हराउँदै सहज जित निकाल्यो।
खेलको २०औं मिनेटमा ग्रिजम्यानको गोलमा एथ्लेटिकोले अग्रता लिएको थियो। पहिलो हाफमा १–० को अग्रता बनाएको एथ्लेटिकोले दास्रो हाफमा थप १ गोल गर्यो।
८१औं मिनेटमा रिक्वेल्मीले गोल गरेपछि एथ्लेटिकोले २–० को जित निकाल्यो। यो खेलमा २ वटा रातो कार्ड समेत प्रयोग भए।
एथ्लेटिकोका मोराटा र ओसासुनाका चिमी एभिला ८५औं मिनेटमा रातो कार्ड खाँदै मैदानबाट बाहिरिए।
ला–लिगामै भएका अन्य खेलहरुमा सेल्टा भिगो र अलाभेसले १–१ को बराबरी खेल्दै अंक बाँडे। रियल बेटिस र ग्रानाडाले पनि १–१ को बराबरी खेले।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।