काठमाडौं– साफ यू–१९ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा नेपालले भारतविरुद्ध गोल फर्काएको छ। नेपालका लागि समीर तामाङले ७४औं मिनेटमा गोल गर्दै बराबरी गरेका हुन्।
दीपक थापा मगरको असिस्टमा हेडर गोल गरेर समीरले नेपाललाई खेलमा फर्काएका हुन्। यसअघि भारतले २६औं मिनेटमा गोल गर्दै अग्रता लिएको थियो।
भारतका लागि साहिल खुर्सिदले गोल गरेका थिए। नेपाल समूह ‘ए’को उपविजेता बन्दै सेमिफाइनल प्रवेश गरेको हो भने भारत समूह ‘बी’को विजेता टिम हो।
विजेता टिमले पाकिस्तानसँग फाइनल खेल्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।