काठमाडौं– क्रिस्टल प्यालेसलाई हराउँदै म्यानचेस्टर युनाइटेड इएफल कपको चौथो चरणमा प्रवेश गरेको छ।
मंगलबार राति भएको खेलमा युनाइटेडले क्रिस्टल प्यालेसलाई ३–० गोल अन्तरले हरायो।
युनाइटेडका लागि ग्रनाचोले २१ औं मिनेटमा गोल गरे । २७ औं मिनेटमा कासेमिरोले गोल गरेपछि युनाइटेडले अग्रता दोब्बर बनायो।
दोस्रो हाफको ५५ मिनेटमा एन्टोनी मार्टेलले गोल गरेपछि युनाइटेडले ३–० को जित निकाल्यो। जितसँग युनाइटेड इएफएल कपको चौथो चरणमा प्रवेश गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।