काठमाडौं- शेफिल्ड युनाइटेड विरुद्ध ८ गोल गर्दै न्युक्यास्टल युनाइटेडले सानदार जित निकालेको छ। आइतबार राति भएको इंग्लिस प्रिमियर लिगको खेलमा ८ फरक खेलाडी शेफिल्डविरुद्ध गोल गरे।
खेलको २१औं मिनेटमा गोल गर्न सुरु गरेको न्युक्यास्टलले ८७औं मिनेटसम्म ८ गोल गर्यो।
एस लङस्टाफले २१औं मिनेटमा, बुर्नले ३१औं मिनेटमा, बोटम्यानले ३५औं मिनेटमा गरी पहिलो हाफमा ३ गोल गरेका थिए। दोस्रो हाफको ५६औं मिनेटमा विल्सनले, गोर्डनले ६१औं मिनेटमा, अल्मिरोनले ६८औं मिनेटमा, बु्रनो गुइमारेसले ७३औं र इस्काले ८७औं मिनेटमा गोल गरे।
खेलभर घरेलु टोली शेफिल्ड भने निरीह भयो। जितसँगै ९ अंकका साथ न्युक्यास्टल ८औं स्थानमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।