काठमाडौं- डिफेन्डिङ च्याम्पियन म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिग फुटबलमा लगातार छैटौं जित निकालेको छ। शनिबार राति नटिङ्हम फरेस्टलाई हराएर सिटीले छैटौं जित निकालेको हो।
सिटीले नटिङ्हमलाई २-० ले हरायो। खेलको सातौं मिनेटमा वाकरको पासमा फिल फोडेनले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए।
नुनेसको पासमा १४औं मिनेटमा हालाण्डले गोल गरेपछि सिटीले अग्रता दोब्बर बनायो।
दोस्रो हाफको सुरुमै ४६औं मिनेटमा सिटी १० खेलाडीमा सीमित भयो। विपक्षी खेलाडीको घाँटी समातेपछि रेफ्रीले सिटीका मिडफिल्डर रोड्रीलाई सोझै रोता कार्ड दिएका थिए। त्यसपछि केही दबाबमा आएको सिटीले आफ्नो अग्रता जोगाइराख्यो र खेल २-० ले खेल जित्यो।
जितसँगै ६ खेलबाट १८ अंकसहित सिटी लिगको शीर्ष स्थानमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।