काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको समितिको बैठक बस्दैछ। बैठक बिहीबार दिउँसो १ बजे, पार्टी कार्यालय सानेपामा बस्ने जनाइएको छ।
बैठकले महासमिति बैठकको अजेण्डा तय गर्नेछ। साथै, कांग्रेसको आन्तरिक संचरना र जारी विवादका विषयमा समेत बैठकमा छलफल हुने नेताहरुले जानकारी दिएका छन्।
आगामी मंसिर १३, १४ र १५ गतेका लागि कांग्रेस महासमिति बैठक बोलाइएको छ। बैठकमा यसअघि भएका पोलिसी ह्याकाथन, बीपी साहित्य महोत्सव, संगठन सुदृढीकरण अभियानको समीक्षा समेत हुनेछ।
कांग्रेस महासमिति बैठकअघि संस्थापन इतर पक्षले आफ्नो तर्फबाट उठाउनुपर्ने विषयमा रणनीति समेत बनाइरहेको छ। इतर पक्षले कार्यसम्पादन बैठकअघि छुट्टै छलफल समेत गरिसकेको छ।
*केन्द्रीय कार्यसमितिको बैठक हुनुपर्नेमा यसअघि समाचार ‘केन्द्रीय कार्यसम्पादन समितिको बैठक’ हुन गएकाले सच्याइएको छ– सं.
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।