एजेन्सी– पूर्वी चीनको जियाङ्सु प्रान्तका विभिन्न सहरमा मङ्गलबार भएको भीषण हावाहुरीसहित भएको वर्षाका कारण कम्तीमा १० जनाको मृत्यु हुनुका साथै अन्य कैयौं घाइते भएका स्थानीय अधिकारीले बुधबार जानकारी दिएका छन्।
प्रान्तीय आपतकालीन व्यवस्थापन विभागका अनुसार आँधीका कारण यान्चेङ र सुकियान शहर सबैभन्दा बढी प्रभावित भएका छन्।
सुकियानमा साँझ ५ बजेर २० मिनेटमा डाक्सिङ र नानकाई नगरमा आँधीको धेरै प्रभाव परेको छ।
मङ्गलबार भएको विस्फोटमा परी पाँच जनाको मृत्यु भएको छ भने चार जना गम्भीर घाइते भएका छन्। प्रारम्भिक अनुसन्धानमा पाँच हजार ५१२ जना प्रभावित भएको, १३७ घर भत्किएको, ४१ दशमलव ८ हेक्टर जमिनमा लगाइएको बालीनालीमा क्षति पुगेको र ४०५ जनालाई अस्थायी रुपमा सुरक्षित स्थानमा स्थानान्तरण गरिएको उल्लेख छ।
यान्चेङमा राति ८:३० बजे सहरको फनिङ काउन्टीमा अर्को आँधी आएको थियो। मङ्गलबारको भुमरीमा परी कम्तीमा पाँच जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्।
काउन्टीको लुपु र बान्हु नगरमा मुसलधारे वर्षा भएको छ। प्रारम्भिक अनुसन्धानमा एक हजार ३६४ जना प्रभावित भएको, १९९ हेक्टर जमिनमा लगाइएको बालीनालीमा क्षति पुगेको र १२९ जनालाई अस्थायी रुपमा सुरक्षित स्थानमा स्थानान्तरण गरिएको देखिएको छ।
स्थानीय सरकारी विभागहरू विपत्तिको सामना गर्न घटनास्थलमा पुगेका थिए। घाइतेहरूको स्थानीय विभिनन अस्पतालमा उपचार भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।