काठमाडौं- कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले एक थान संविधानले मात्रै जनताको आवश्यकता पूरा हुन नसक्ने बताएका छन्। संविधान दिवसको दिन कानुनमन्त्री गुरुङले यस्तो बताएका हुन्।
सामाजिक सञ्जाल फेसबुकमा उनले जनताका आवश्यकता संविधानसँगै सुशासन र समुन्नति अपरिहार्य भएको बताउँदै यसका लागि नेताहरू जनताप्रति इमान्दार हुनुपर्ने बताँएका छन्।
‘एक थान संविधानले मात्रै जनताको आवश्यकता पूरा गर्न सक्दैन। जनताको आवश्यकता पूरा गर्न संविधानसँगै सुशासन र समुन्नति अपरिहार्य शर्त हुन्,’ उनले भनेका छन्, ‘यसका लागि हामी नेताहरू जनताप्रति इमानदार भएर कार्य गर्नैपर्छ। अन्यथा समयले हामीलाई पर्खने छैन।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।