काठमाडौं- नेत्रविक्रम चन्द (विप्लव सी) नेतृत्वको नेकपा निकट अखिल क्रान्तिकारीले संगठनको नाम परिवर्तन गर्ने भएको छ। अखिल क्रान्तिकारीको सातौं पूर्ण बैठकले आगामी माघमा २३ औं राष्ट्रिय सम्मलेन गर्नेदेखि संगठनको नाम परिवर्तन गर्नेसम्मको निर्णय गरेको छ।
संगठनका अध्यक्ष प्रकाश सीको अध्यक्षतामा बसेको बैठकका प्रमुख अतिथि पार्टी महासचिव विप्लव सीसहित उपस्थित थिए। उक्त बैठकले अखिल क्रान्तिकारीको २३औं राष्ट्रिय सम्मेलन माघ १०, ११, १२ र १३ गते काठमाडौंमा आयोजना गर्ने निर्णय गरेको छ।
वर्तमान केन्द्रीय समितिलाई २३औं राष्ट्रिय सम्मेलन आयोजक समितिमा परिणत गरिएको छ।
त्यसैगरी राष्ट्रिय सम्मेलनबाट संगठनका नाम परिवर्तन गर्ने र त्यसका लागि सुझाव संकलन गर्ने निर्णय समेत बैठकले गरेको अखिल क्रान्तिकारीका महासचिव ललित सीले जानकारी दिए।


नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।