काठमाडौं- नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले म्यानपावर कम्पनीको धरौटी रकम बढाउने विषयमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोर्कण विष्टसँग नभएर सिधै प्रधानमन्त्री केपी शर्मा ओलीसँग नै टेबुलमा बसेर वार्ता गर्ने बताएका छन्।
बिहिबार राजधानीमा नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी संघ फोरमको नवौं साधारण सभालाई सम्बाेधन गदै नेता खाँडले म्यानपावर कम्पनीको धरौटी रकम बढाउने बाहानामा गरिब श्रमिकको रोजीरोटीमाथि मन्त्री विष्टले राजनीति गर्न खोजेको आरोप लगाएका छन्।
कम्युनिस्ट सरकारले उद्योग व्यवसायमाथि राजनीतिकरण गर्दै देशको अर्थतन्त्र धराशायी बनाइरहेको छ। मन्त्री विष्टले धरौटी रकम बढाउने नाममा म्यानपावरलाई सिन्डिकेट लगाएर कम्युनिस्टमय बनाउन खोजिरहेका छन्। यसका विरुद्ध सबै म्यानपावर व्यवसायी एकै ठाँउमा उभिनु पर्छ।’
'कम्युनिस्ट सरकारले देशमा सर्वसत्तावाद लादन् खोजिरहेको छ। आर्थिक समृद्धिका नाममा जनतालाई सरकारले नै लूटदै छ’ नेता खाँडले भने।
'बेरोजगार युवाले पाइरहेको रोजगारी खोस्ने अधिकार मन्त्री विष्टलाई कसले दिएको छ?' साेही कार्यक्रममा कांग्रेसका अर्का नेता गुरु घिमिरेले प्रश्न गरेका छन्। उनले भने 'को हुन् गाेकर्ण विष्ट? गरिब जनताका छोराछोरीको रोजीरोटी खोस्ने? देशभित्र रोजगारीका अवसर निर्माण गर्ने नसक्नेले रोजगारी दिएका देशसँग सम्बन्ध बिग्रानु हुँदैन्।’
धरौटी बढाउने बाहानामा म्यानपावर व्यवसायी मास्ने खेलमा मन्त्री विष्ट लागिरहेको नेपाली अर्का नेता सुरेन्द्रराज पाण्डेले बताएका छन्। व्यवसायीले श्रम मन्त्री विष्टलाई आन्दोलनमार्फत् घुडाँ टेकाउनुपर्ने उनको भनाई छ।
यस्तै, वैदेशिक रोजगार व्यवसायी संघ अध्यक्ष रोहन गुरुङले सरकारले धरौटी रकम बढाउने नाममा ५ लाख युवाको रोजगारीमाथि खेलबाड गर्ने खोजिरहेको बताएका छन्।
देशभित्र रोजगारीका अवसर निर्माण नभएसम्म वैदेशिक रोजगारीलाई व्यवस्थित बनाउन सरकारले ध्यान दिनुपर्ने बताएका थिए।
हाल सरकारले वैदेशिक रोजगार ऐन संशाेधन गरे म्यानपावर कम्पनीको धरौटी ३० लाखबाट ६ करोड पुराउन लागेकाे छ। धरौटी वृद्धिका विषयमा रोजगार व्वसायीले सरकारको चर्को विरोध गरिरहेका छन्।
फाेरमकाे साधारणसभाले नयाँ नेतृत्व चयन गर्नेछ। अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष, सहकोषाध्यक्ष र सदस्यसहित २१ सदस्य हुने कार्यसमितिमा १७ जनाको निर्वाचन प्रणालीबाट चयन हुनेछ। जसमा ४ जना कार्यसमिति सदस्यकोे निर्वाचित अध्यक्षले मनोनयन गर्ने व्यवस्था छ।
नेपाली काँग्रेसको शुभेच्छुक संस्था फोरमले आफूलाई वैदेशिक रोजगार क्षेत्रको सबैभन्दा धेरै सदस्य रहेको संस्थाको रुपमा दाबी गर्दै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।