काठमाडौँ–‘किड्स अफ द इयर इन्टरनेशनल २०२३’ को मञ्चमा सिनियर र जुनियर गरेर एकसाथ ४ विजेता चुनिएका छन्।
प्रतियोगीताको जुनियर केटातर्फ एलभिन प्रजापति र सिनियर केटा तर्फ सुभांक हुमागाई विजेता बने। केटी तर्फ जुनियरमा ग्लोरिया बैदार र सिनियर तर्फ सोनिया श्रेष्ठ विजेता घोषित भए।
होटल सारथी रिसोर्ट धुलिखेलमा शनिबार अबेर साँझ सम्पन्न प्रतियोगीतामा जुनियर केटा तफ रुक्सन न्यौपाने फस्र्टरनरअप र विनिस तामाङ सेकन्ड रनरअप चुनिए। सिनियर कोटातर्फ वाङ्जु लामा फस्र्टरनरअप र आरएस कार्की सेकेन्ड रनरअप भए।
जुनियर केटीतर्फ रिमा महतो फस्र्ट रनरअप र जेनिफर पराजुली सेकेन्ड रनरअप घोषित हँुदा सिनियर केटी तर्फ बन्दिका न्यौपाने फस्र्ट रनरअप र आयुसा रायमाझी सेकेन्ड रनरअप भइन्।
रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीले आयोजना र दावा टेक्नोलोजी एचएमसी नेपाल प्रालिको मुख्य प्रयोजनमा यो प्रतियोगिता भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।