काठमाडौं- मलेसिया सरकारले आगामी जनवरी १ बाट लागू हुनेगरी श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गरेको छ। मलसियामा नयाँ सरकारले गठन भएयता पहिलो पटक श्रमिकको पारिश्रमिक बृद्धि भएको हो।
मलेसियाका मानव संसाधनमन्त्री एम कुलासेगरनले ट्विट गर्दै न्यूनतम पारिश्रमिक १ हजारबाट वृद्धि गरी १ हजार ३ सय ५० रिंग्रेट पुर्याएको जानकारी गराएका छन्।
मलेसिया सरकारले श्रमिकको न्यूनतम पारिश्रमिक १ हजार ५ सय रिंगेट पुर्याउने अपेक्षा कामदारले लिएका थिए। तर, पारिश्रमिक बढाउँदा महँगी बढ्ने भन्दै तत्कालका लागि ५० रिंगेट मात्र तलव वृद्धि गरेको छ।
मन्त्री कुलासेगरनले ट्वीटमार्फत् यो तलव सुविधामा हेरफेर गर्न सकिने पनि बताएका छन्।
मलेसियामा कार्यरत नेपालीले न्यूनतम पारिश्रमिक २८ हजार ३ सय ५० रुपैयाँ पाउने छन्। मलेसियामा ५ लाखभन्दा बढी नेपाली कामदार छन्।
मलेसिया सरकारले श्रमिकको तलव बढाएसँगै यसको लाभ नेपालबाट वैदेशिक रोजगारीमा मलेसिया जाने कामदारलाई समेत पुग्ने भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।