काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले मन्त्रीलाई नचाउने क्षमता व्यापारीसँग रहेको बताएका छन्।
बिहीबार नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले काठमाडौंमा आयोजना गरेको वैदेशिक लगानीसम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले व्यापारीले मन्त्रीलाई नचाउने गरेको बताए।
व्यापारीको पहुँच अन्तराष्ट्रिय स्तरसम्म छ र उनीहरूले नेतालाई घुमाइरहेका छन्। म जस्तो फुच्चे मन्त्रीको कुरा कसले सुन्छ।’
उनले नेपालमा उद्योगीभन्दा व्यापारी धेरै रहेको बताए। जसको कारण नेपालमा वैदेशिक लगानी भित्र्याउन समस्या भएको समेत उनले दाबी गरे। ‘नेपालमा उद्योगीभन्दा व्यपारी बढी भएर वैदेशिक लगानी भित्र्याउन समस्या भएको हो’ उनले उल्लेख गरे।
नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले नेपालमा लगानीको लागि निकै चुनौती रहेको बताए। मुलुकमा लगानीमैत्री ऐन नभएको उल्लेख गर्दै उनले भने, ‘हाल लगानीका क्षेत्रमा भएको ऐन कानुन पुरानो भएको छ। यसलाई संसोधन गर्न आवश्यक छ।’
विश्वबजारमा प्रतिस्प्रर्धा गर्ने खालको नीति निमार्ण गर्न आवश्यक रहेको उनले बताए। बैंकमा देखिएको अस्थिर ब्याजदरको प्रवृत्ति अन्त्य नभएसम्म लगानीकर्तालाई सहज नहुने उनको तर्क छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।