• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज २५, २०८३ Sun, Oct 11, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कृषि

वर्षे धानकै रोपाइँ क्षेत्र घटिरहेका बेला एक लाख हेक्टरमा चैते धान लगाउने सरकारको योजना 

64x64
कल्पना घिमिरे बिहीबार, भदौ २१, २०८०  ०६:५५
1140x725

काठमाडौं– आइतबार कृषि तथा पशुपंक्षी विकासमन्त्री डा वेदुराम भुसालले यसवर्ष एक लाख हेक्टर जमिनमा चैते धान लगाउने तयारीबारे जानकारी गराए। सिँचाइको समस्या समाधान गर्दै चैते धानको खेती हुने क्षेत्रफल बढाउने सरकारको योजना रहेको उनको भनाइ थियो। 

उनले चैते धान खेती बढाउने सरकारी योजना रहेको बताउँदै गर्दा यता वर्षे धानकै रोपाइँ क्षेत्रफल घट्दै गइरहेको तथ्यांक स्वयं कृषि मन्त्रालयसँगै छ। गत वर्षको साउन २८ गतेसम्म ९५ प्रतिशत रोपाइँ भएको थियो। तर यसवर्ष भदौ ११ गतेसम्म आइपुग्दा मात्र उक्त प्रतिशतमा रोपाइँ भयो। 

यति मात्र नभइ गत वर्षको तुलनामा यसवर्ष धान रोपाइँ ढिला मात्र होइन, रोपाइँ क्षेत्र पनि घटेको छ। ‘यस वर्षको रोपाइँ हेर्दा उत्पादकत्वमा समस्या हुने देखिको छ। रोपाइँ नै ढिलो भएको छ, यसले उत्पादकत्वमा प्रत्यक्ष असर पार्छ,’ मन्त्री भुसाले पत्रकारसँगको भेटघाट कार्यक्रममा बोल्दै भने, ‘त्यसमा पनि रोपाइँ हुने क्षेत्रफल केही घटेको पाइएको छ।’

गतवर्ष १५ लाख ४ हजार ९९० हेक्टरमा रोपाइँ भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ। यसवर्ष १६ हजार ९४०.९ हेक्टर रोपाइँ क्षेत्र घटेर १४ लाख ८८ हजार ४९.१ हेक्टर मात्रै रहेको छ। यसवर्ष भदौ ११ सम्म १४ लाख ७ हजार ७ सय ९१ हेक्टरमा मात्रै रोपाइँ भएको छ। अर्थात् २० हजार ११० हेक्टरमा रोपाइँ भएको छैन।

गतवर्ष १५ लाख ४ हजार ९ सय ९० हेक्टरमा रोपाइँ हुने मन्त्रालयको दाबी थियो। तर साउन २८ सम्म १४ लाख २७ हजार ९ सय २ हेक्टरमा रोपाइँ भएको थियो।

मधेसमै घट्यो २० हजार हेक्टर 
सबैभन्दा धेरै धान फल्ने मधेश प्रदेशमै रोपाइँ क्षेत्र घटेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ। यस प्रदेशमा ४ लाख १ हजार ६ सय ५० हेक्टरमा रोपाइँ हुनुपर्नेमा ३ लाख ५८ हजार २ सय ९०.७ हेक्टर अर्थात् ८९ प्रतिशत मात्र रोपाइँ भएको छ। जसअनुसार मधेशमा रोपाइँ हुने क्षेत्रफल पनि २० हजार हेक्टरले घटेको छ। गतवर्ष मधेशमा ३ लाख ७८ हजार ३ सय ५६ हेक्टरमा रोपाइँ भएको थियो। मधेशमा रोपाइँ घट्दा समग्र रोपाइँको प्रतिशतमा प्रभाव परेको देखिन्छ।

कोशी प्रदेशमा ३ लाख ४० हजार ८२९ हेक्टर रोपाइँ क्षेत्रमध्ये ३ लाख ३२ हजार ८९६.६७ हेक्टरमा रोपाइँ भएको छ। यो ९८ प्रतिशत हो। बागमतीमा ९३ प्रतिशत रोपाइँ भएको छ। १ लाख  १३ हजार ५२३ हेक्टर कुल रोपाइँ क्षेत्र हो भने  १ लाख ५ हजार ९६४ हेक्टरमा रोपाइँ भएको छ। गण्डकीमा ९५ प्रतिशत अर्थात् ९३ हजार २८९ हेक्टरमा रोपाइँ भएको छ। ९७ हजार ८५१ हेक्टर यस प्रदेशको कुल रोपाइँ क्षेत्र हो।

लुम्बिनी प्रदेशमा ९५ प्रतिशत रोपाइँ भएको छ। यस प्रदेशमा ३ लाख ११ हजार ४२ हेक्टरमा रोपाइँ क्षेत्र रहेको छ। यसमध्ये २ लाख ९५ हजार ४ सय ७ हेक्टरमा रोपाइँ भएको मन्त्रालयको तथ्यांक छ। कर्णाली प्रदेशमा ९९ प्रतिशत अर्थात् ४४ हजार ७ सय १४ हेक्टरमा रोपाइँ भएको छ। ४५ हजार ३८७.१२ हेक्टर यस प्रदेशको कुल रोपाइँ क्षेत्र हो। सुदूरपश्चिम प्रदेशमा शतप्रतिशत रोपाइँ भएको छ। यस प्रदेशमा १ लाख ७७ हजार ७ सय ६७ हेक्टरमा रोपाइँ क्षेत्र रहेकोमा यस वर्ष १ लाख ७७ हजार २ सय २९ हेक्टरमा रोपाइँ भएको छ। 

Ncell 2
Ncell 2
nimb
nimb

एक लाख हेक्टरमा चैते धान लगाउने योजना
मन्त्री भुसालले उत्पादन र आयात प्रतिस्थापनका लागि चैते धान खेती बढाउने सरकारको योजना रहेको सुनाए। तर अधिकांश खेतीयोग्य जमिनमा सिँचाइको सुविधा नपुग्नु उत्पादन वृद्धि नहुनुको प्रमुख कारण रहेको उनको भनाइ छ।

मन्त्रालयका अनुसार वर्षायाममै पनि ४८ प्रतिशत जमिनमा मात्रै सिँचाइ हुने गरेको छ। १८ प्रतिशत जमिन मात्रै सदाबहार सिँचाइ हुँदै आएको बताउँदै मन्त्री भुसालले सिँचाइको समस्या समाधान गर्नु नै पहिलो काम रहेको बताए। 

‘कृषि क्षेत्रमा सबैभन्दा ठूलो समस्या भनेको सिँचाइको हो,’ मन्त्री भुसालले भने, ‘अहिले पनि हाम्रो खेतीयोग्य जमिनको आधा पनि सिँचाइ हुन सकेको छैन। ४८ प्रतिशत छ त्यो पनि वर्षा याममा मात्रै, नत्र सधैँभर सिँचाइ हुने क्षेत्र भनेको १८ प्रतिशत, त्यसैले यो समस्या छ। ती समस्याको क्रमशः समाधान गर्दै जानुपर्छ। यस वर्ष चैते धान १ लाख हेक्टर क्षेत्रफलमा लगाउन सक्नुपर्छ भनेर सुरु गरेका छौं।’

राष्ट्रिय धान अनुसन्धान कार्यक्रमका संयोजक डा रामवरण यादवले पनि अहिले १ लाख २० हजार हेक्टरमा चैते धान खेती भइरहेको बताए। नेपाल धानमा आत्मनिर्भर हुनलाई चैते धानखेतीलाई प्राथमिकता दिइएर २.५ देखि ३ लाख हेक्टर पुर्याउनुपर्ने यादवको भनाइ छ।

Xtrem

Xtrem

‘यस्तो लक्ष्य राखेको जग्गामा लगभग ३० प्रतिशत हाईब्रिड धानका जातहरु र बाँकीमा इनब्रेड उन्नत जातहरुलाई प्रयोग गरियो भने हाल अपुग १५ लाख ९० हजार मेट्रिक टन धान सहजै उत्पादन गर्न सकिन्छ,’ यादवले भने।

प्रकाशित मिति: बिहीबार, भदौ २१, २०८०  ०६:५५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
कल्पना घिमिरे
लेखकबाट थप
२८ करोडको सरकारी गाडी यसरी बन्यो कवाडी
आर्थिक सहायता र राजस्व संकलनको लक्ष्य नभेट्दा कूल बजेट खर्च २० प्रतिशत कमी
६ वर्षमा २२ सहकारी समस्याग्रस्तः चालू वर्ष थपियो बानेश्वरको नेपाल सहकारी वित्तीय संस्था लिमिटेड
सम्बन्धित सामग्री
अध्ययन बिदा दुरुपयोगबारे कृषि तथा वन विज्ञान विश्वविद्यालयमा छानबिन समिति विश्वविद्यालयका रजिस्ट्रार प्रा. डा. सुवीर सिंहले जारी गरेको पत्रअनुसार शिक्षा तथा खेलकुद मन्त्रालय र विश्वविद्यालय अनुदान आयोगबाट प... मंगलबार, असोज १३, २०८३
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य समितिका अनुसार ठूलो नेपाली गोलभेडा प्रतिकेजी ७० रुपैयाँ, भारतीय ठूलो गोलभेडा ७० रुपैयाँ र सानो (टनेल) गोलभेडा ४२ रुपैयाँमा कारोबार भ... शुक्रबार, असोज २, २०८३
कर्णालीमा खेती गरिएको ६९ प्रतिशत जमिन सिँचाइविहीन कर्णाली प्रदेशमा खेती भइरहेको एक लाख ३० हजार ७३१ हेक्टर जमिनमध्ये ९० हजार २०४ हेक्टर अर्थात् करिब ६९ प्रतिशतमा सिँचाइ सुविधा पुगेको... बिहीबार, असोज १, २०८३
ताजा समाचारसबै
सन्न्यासपछि मेसीको २ गोल आइतबार, असोज २५, २०८३
बूढीगण्डकीको बाढीले धादिङ–गोरखा जोड्ने पक्की पुल बगायो आइतबार, असोज २५, २०८३
बूढीगण्डकी बाढी : जगतबाट ६ जनाको हवाई उद्धार आइतबार, असोज २५, २०८३
बूढीगण्डकी बाढी : मुग्लिनमा सतर्क रहन प्रहरीले माइकिङ गर्दै आइतबार, असोज २५, २०८३
बूढीगण्डकीमा बाढी खतरा तहभन्दा माथि, बेनीघाटसम्म अति उच्च जोखिम आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
कांग्रेस महाधिवेशन- सानेपामा उपसभापति र महामन्त्रीको मतगणना सुरु शनिबार, असोज २४, २०८३
बूढीगण्डकी बाढी : पाँच जिल्लामा सतर्कता अपनाउन आग्रह आइतबार, असोज २५, २०८३
ककरोच जनता पार्टीका संस्थापक दीपके विमानबाटै पक्राउ शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्