काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले सानदार जित निकालेको छ।
नेपाली समयअनुसार शनिबार राति भएको खेलमा सिटीले फुलहाममाथि ५–१ को सानदार जित निकाल्यो।
सिटीको जितमा हालाण्डले ह्याट्रिक गरे। हालाण्डले ५८, ७० र ९० मिनेटपछिको अतिरिक्त समयमा गोल गर्दै ह्याट्रिक गरे।
यसअघि हालाण्डकै पासमा ३१ औं मिनेटमा अल्भारेजले गोल गर्दै सिटीलाई हग्रता दिलाएका थिए। त्यसपछि ३३ औं मिनेटमा रिमले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए।
पहिलो हाफको अतिरिक्त समयमा डिफेन्डर एकेलेले गोल गर्दै बराबरीमा आएको सिटीलाई पुन अग्रता दिलाएका थिए।
जितसँगै ४ खेलमा ४ जित निकाल्दै १२ अंकका साथ सिटी लिगको शीर्ष स्थानमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।