काठमाडौं– नेपाल आयल निगमले सबै पेट्रोल पम्पहरुलाई विद्युतीय प्रणालीमा सञ्चालन गर्ने योजना अघि सारेको छ।
पेट्रोलियम पदार्थको कारोबारलाई व्यवस्थित बनाउन सबै पेट्रोल पम्पहरुलाई विद्युतीय प्रणालीमा सञ्चालन गर्ने सोच अघि सारिएको निगमका कार्यकारी प्रबन्ध निर्देशक सुशील भट्टराईले जानकारी दिए।
मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले आयल निगमको व्यापार घाटा मासिक रुपमा करिब ६४ करोड हुने देखिएको पनि बताए। उनले विद्यमान घाटालाई पूर्ति गर्नु निगमको लागि मुख्य चुनौती रहेको पनि स्पष्ट पारे।
हवाई इन्धनमा हुने नाफाले मात्रै निगमलाई टिकाउन सकिएको पनि उनको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।