काठमाडौं– स्पेनिस ला-लिगामा एथ्लेटिको मड्रिडले कीर्तिमानी जित निकालेको छ। ला-लिगाको इतिहासमा सबैभन्दा बढी गोल गर्दै एथ्लेटिकोले कीर्तिमानी जित निकालेको हो।
कीर्तिमानी जित निकाल्ने क्रममा एथ्लेटिको मड्रिडले रायो भाल्कानोको पोस्टमा ७ गोल गर्यो। ७ गोलको कीर्तिमानी जित निकाल्ने क्रममा एथ्लेटिको मड्रिडका ६ फरक खेलाडीले गोल गरे।
खेलको २ मिनेटमै डी पउलको पासमा एन्टोनी ग्रिजम्यानले गोल गर्दै एथ्लेटिकोलाई अग्रता दिलाएका थिए। त्यसपछि १६ औँ मिनेटमा मेम्फिस डी पउलले गोल गर्दै अग्रता दोब्बर बनाए।
डी पउलकै पासमा ३६ औँ मिनेटमा मोलिनाले गोल गरेपछि पहिलो हाफसम्म एथ्लेटिको मड्रिडले ३–० को अग्रता बनाएको थियो।
दोस्रो हाफको ७३ र ८४औँ मिनेटमा अल्भारो मोराटाले गोल गरे। ७९ औँ मिनेटमा कोरेरा र ८६ औँ मिनेटमा लोरिन्टेले गोल गरेपछि एथ्लेटिको मड्रिडले एतिहासिक ७ गोलको जित निकाल्यो।
यससँगै ला–लिगाको इतिहासमा अवे मैदानमा ७ गोलले विजयी हुने कीर्तिमान एथ्लेटिको मड्रिडले बनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।