काठमाडौं– मंगलबार तीव्र उचारचढावका बीच नेप्से परिसूचक ३ दशमलब ९८ अंकले बढेर १ हजार २ सय १० दशमलब २४ को बिन्दुमा पुगेर कारोबार बन्द भएको छ।
‘क’ वर्गका कम्पनीहरुको मापन गर्ने सेन्सेटिभ इन्डेक्स शून्य दशमलब ९९ अंकले बढेर २ सय ५५ दशमलब ८६ को बिन्दुमा आइपुगेको छ।
मंगलबार १ सय ७२ कम्पनीको ५२ करोड १९ लाख २२ हजार ५ सय ७२ रुपैयाँ बराबरको सेयर किनबेच भएको छ। नेपाल इन्भेष्टमेन्ट बैंकको संस्थापक सेयरको सर्वाधिक कारोबार हुँदा कारोबार रकममा उच्च वृद्धि भएको छ। बैंकको संस्थापक सेयरको १० करोड १७ लाख १५ हजार २ सय ६० रुपैयाँ बराबरको सेयर किनबेच भएको छ। त्यस्तै, एनआइसी एसिया बैंकको ३ करोड ५७ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ।
सर्वाधिक कमाउनेमा काबेली विकास बैंक अन्तर्गतका लगानीकर्ताहरु रहेका छन्। बैंकको सेयर मूल्य प्रतिकित्ता ९ दशमलब २६ प्रतिशत अर्थात् २१ रुपैयाँले बढेर २ सय ३७ रुपैयाँमा कारोबार बन्द भएको छ। त्यस्तै, एभरेष्ट बैंकको संस्थापक सेयर मूल्य प्रतिकित्ता ४६ रुपैयाँले बढेर ६ सय २६ रुपैयाँ पुगेको छ।
यता सर्वाधिक गुमाउनेमा अरुण काबेली पावरका लगानीकर्ता रहेका छन्। कम्पनीको सेयर मूल्य प्रतिकित्ता १० रुपैयाँले घटेको छ।
होटल समूह सर्वाधिक १६ दशमलब ०९ अंकले बढेको छ। त्यस्तै, विकास बैंक समूह र बैंकिङ समूह समान ६ अंकले बढेका छन्। जलविद्युत् समूहका लगानीकर्ताले सर्वाधिक ९ दशमलब ८ अंकको घाटा व्यहोर्नु परेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।