काठमाडौं– हारको मुखमा पुगेको लिभरपुललाई सब्सिच्युट खेलाडीको रुपमा मैदान प्रवेश गरेका डार्विन नुनेजले २ गोल गर्दै जिताएका छन्।
१० खेलाडीमा सीमित रहेको लिभरपुल खेल सकिन ९ मिनेट बाँकी हुँदासम्म १–० को स्थितिमा थियो। त्यसपछि मैदान प्रवेश गरेका नुनेजले ८१औं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याए।
९० मिनेटपछिको अतिरिक्त समयमा फेरि नुनेजले नै गोल गरेपछि लिभरपुलले न्युक्यास्टल युनाइटेडलाई २–१ ले हरायो। इंग्लिस प्रिमियर लिगअन्तर्गत आइतबार राति भएको यो खेलमा २५औं मिनेटमा गोर्डोनको गोलमार्फत् न्युक्यास्टलले अग्रता बनाएको थियो।
त्यसपछि २८औं मिनेटमा लिभरपुलका डिफेन्डर भर्जिल भान डाइक रातो कार्ड खाँदै मैदान बाहिरिएपछि लिभरपुल १० खेलाडीमा सीमित भएर हारको मुखमा पुगिसकेको थियो। तर उरुग्वेन फरवार्ड चम्किदा लिभरपुलले नाटकीय जित निकाल्यो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।