काठमाडौं– भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले साना सहकारीलाई मर्जरमा लाने तयारी भइरहेको बताएकी छिन् ।
नेपाल सहकारी पत्रकार समाजको आठौं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै मन्त्री अर्यालले सहकारीको मापदण्ड तयार गरी गरिबी निवारणको मेरुदण्डको रुपमा विस्तार गरिने बताइन ।
गरिबी निवारणको लागि गरिब परिचयपत्र दिएर मात्रै नहुने तर्क उनको थियो । उनले भनिन्, ‘गरिबी निवारणको लागि जतिसक्दो धेरै मानिसलाई रोजगारी दिनुपर्छ ।’
सहकारीले आम जनताको जीवनस्तर उकास्न प्रभावकारी भूमिका खेलेको उनले बताइन । एक÷दुई वटा सहकारीले बद्मासी गरे भन्दैमा सबैलाई एकै ठाउँमा राखेर हेर्न नहुने उनको भनाइ थियो ।
हाल मुलुकको कुल गार्हस्थ्य उत्पादनमा सहकारीको योगदान ४ दशमलब ५ प्रतिशत रहेकामा आगामी ५ वर्षभित्र यस्तो हिस्सा १० प्रतिशत पु¥याउने उनले बताइन ।
नेपाल बचत तथा ऋण सहाकारी संघ (नेफ्सकुन)का अध्यक्ष डिबी बस्नेतले नेपालका सहकारीले दक्षिण एसियामै उत्कृष्ट काम गरेको दावी गरे । अध्यक्ष बस्नेतले दक्षिण एसियाका २३ उत्कृष्ट सहकारीमध्ये नेपालका २० वटा त्यसभित्र परेको बताए ।
हाल मुलुकमा ३४ हजार सहकारीमा ६४ लाख सदस्य छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।