काठमाडौं– १० खेलाडीमा सीमित फुलहामसँग आर्सनल बराबरीमा रोकिएको छ। इंग्लिस प्रिमियर लिगअन्तर्गत शनिबार राति भएको खेलमा फुलहाम र आर्सनलले २–२ को बरारी खेल्दै अंक बाँडे।
खेल सुरु भएको ५७ सेकेन्डमै गोल गर्दै फुलहामले उत्कृष्ट सुरुवाता गरेको थियो। ५७ सेकेन्डमा परेराले गोल गर्दै फुलहामलाई अग्रता दिलाएका थिए। पहिलो हाफमा आर्सनल १–० ले पछि परेको थियो।
दोस्रो हाफको ७०औं मिनेटमा पाएको पेनाल्टीमा बुकायो साकाले गोल गरेपछि खेल बराबरीमा आएको थियो। ७२औं मिनेटमा केटिहाले गोल गरेपछि आर्सनलले २–१ को अग्रता बनायो। ८३औं मिनेटमा बेस्सीले दोहोरो पहँलो कार्ड खाएपछि फुलहाम १० खेलाडीमा सीमित भएको थियो।
तर ८७औं मिनेटमा जाओ पाल्हिान्हाले गोल गरेपछि खेल २–२ को बराबरीमा आयो। बाँकी समय दुबैतर्फबाट गोल नभएपछि खेल बराबरीमा सकियो।
शनिबार नै भएका प्रिमियर लिगका अन्य खेलहरुमा टोटनहामले बोर्नमाउथमाथि २–० को जित निकाल्यो। क्रिस्टल प्यालेस र ब्रेनफोर्डले १–१ को बराबरी खेल्दै अंक बाँडे। वुल्भ्सले इभर्टनलाई १–० ले हरायो भने वेस्टहामले ब्राइटनमाथि ३–१ को जित निकाल्यो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।