काठमाडौं– अमेरिकाको मेजर लिग सोकर (एमएलएस)मा इन्टर मियामीले जित निकालेको छ। लगातार ११ खेलसम्म जितविहीन बनेको मियामीले आइतबार बिहान बलियो प्रतिस्पर्धी न्युयोर्क रेडबुलमाथि २–१ को जित निकाल्यो।
एमएलएसमा डेब्यु खेल खेलेका लियोनल मेसीले ६०औं गोल गरे। यसअघि मियामीका लागि डिएगो गोमेजले ३७औं मिनेटमा गोल गरेका थिए।
११ खेलसम्म लगातार जितविहीन बनेको मियामी मेसीको डेब्यू खेलमा विजयी भएको छ। मेसी मियामीमा आबद्ध भएपछि अहिलेसम्म कुनै पनि प्रतियोगितामा मियामीले हार ब्यहोरेको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।