काठमाडौं- बेल्जियन विंगर जेरेमी डोकु इंग्लिस क्लब म्यानचेष्टर सिटीमा आवद्ध भएका छन्। प्रिमियर लिग च्याम्पियन सिटीले डोकुलाई फ्रेन्च क्लब रेन्सबाट ५५.४ मिलियन पाउण्डमा अनुबन्ध गरेको हो।
सिटीले २१ वर्षीय डोकुसँग पाँच वर्षको सम्झौता गर्ने सहमति गरेको छ। डोकुले फ्रेन्च लिग वान क्लब रेन्सका लागि तीन सिजनमा ७५ खेल खेल्दै १० गोल गरेका थिए।
मिडफिल्डर माटेओ कोभासिक र डिफेन्डर जोस्को ग्वार्डियोलपछि डोकु यो सिजन सिटीमा आबद्ध भएका तेस्रो खेलाडी हुन्।
गत सिजन ३५ खेलमा सात गोल गरेका डोकुलाई अनुबन्ध गर्न वेस्ट ह्याम, टोटनह्याम र चेल्सीले पनि चासो देखाएका थिए।
बेल्जियमका लागि १६ खेल खेलेका उनले विश्वको उत्कृष्ट टिमसँग आबद्ध हुन पाउँदा खुसी व्यक्त गरेका छन्।
‘मेरो लागि यो व्यक्तिगत र व्यावसायिक दुवै रुपमा विशेष दिन हो। सिटी विश्वको उत्कृष्ट टिम हो र त्यसमा अनुबन्ध हुनु विशेष हुन्छ,’ डोकुले भनेका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।