काठमाडौं– स्पेनिस क्लब बार्सिलोनाका मुख्य मिडफिल्डर पेड्री घाइते भएका छन्। ट्रेनिङका क्रममा पेड्रीको दायाँ खुट्टाको तिघ्रामा चोट लागेको हो।
पेड्री घाइते भएको र केही साता मैदान बाहिर रहने बार्सिलोनाले औपचारिक रुपमा पुष्टि समेत गरेको छ। उनी कम्तीमा पनि ४ देखि ५ हप्ता मैदान बाहिर रहने बताइएको छ।
बार्सिलोनाका २० वर्षीय युवा मिडफिल्डर पेड्री पहिलो रोजाइका मुख्य खेलाडी हुन् । ला–लिगामा यो सिजन दुई खेलेका पेड्रीले १ गोल समेत गरेका छन्। पहिलो खेलमा गेटाफेसँग बराबरीमा रोकिएको बार्सिलोनालाई दोस्रो खेलमा जिताउने क्रममा पेड्रीले नै ८२औं मिनेटमा गोल गरेका थिए।
पछि अतिरिक्त समयमा फेरान टोरेसले पनि गोल गरेपछि बार्सिलोनाले २–० ले काडिजलाई हराएको थियो। मुख्य मिडफिल्डर पेड्री घाइते भएपछि बार्सिलोनालाई ठूलो धक्का लागेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।