काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा)ले आयोजना कुनै पनि फुटबल प्रतियोगितामा भाग नलिने फुटबल क्लबहरुले घोषणा गरेका छन्। ‘ए’, ‘बी’ र ‘सी’ डिभिजनका ३२ क्लबहरूले बुधबार आइतबार एन्फालाई एक पत्र पठाउँदै यस्तो निर्णय गरेका हुन्।
एन्फाले खेलाएका ‘ए’, ‘बी’ र ‘सी’ डिभिजनका प्रतियोगिताहरूको भुक्तानी अहिलेसम्म नपाएको भन्दै उनीहरूले यस्तो घोषणा गरेका हुन्। एन्फालाई ध्यानाकर्षण पत्र पठाउँदै क्लबहरूले भुक्तानी नपाएसम्म कुनै पनि प्रतियोगितामा भाग नलिने बताएका छन्।
आफूहरूले पाउनुपर्ने रकम नपाउनुमा एन्फा मुख्य जिम्मेवार भएको भन्दै उनीहरूले अबिलम्ब रकम पाउनुपर्ने समेत माग गरेका छन्। यस विषयमा गम्भीर नभए एन्फाले आयोजना गर्ने कुनै पनि प्रतियोगितामा सहभागी नजाउने क्लबहरूले बताएका छन्।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।