काठमाडौं– महिला विश्वकप फुटबलको फाइनलमा आइतबार स्पेन र इंग्लयाण्ड भिड्दैछन्। नेपाली समयानुसार यो खेल आइतबार दिउँसो ३:४५ बजे हुँदैछ। खेल अस्ट्रेलियाको अस्ट्रेलिया रंगशालामा हुँदैछ।
उक्त खेल हेर्न स्पेनकी महारानी समेत अस्ट्रेलिया पुगिसकेकी छिन्। स्पेन र इंग्ल्याण्ड दुबै पहिलोपटक महिला विश्वकपको फाइनलमा पुगेका हुन्।
बुधबार सह–आयोजक राष्ट्र अस्ट्रेलियालाई हराउँदै इंग्ल्याण्डले ३–१ गोल फाइनलमा प्रवेश गरेको थियो। यसअघि स्वीडेनलाई हराउँदै स्पेन फाइनला प्रवेश गरेको थियो।
आइतबार सिड्नीमा स्पेन र इंग्ल्याण्ड उपाधिका लागि भिड्ने छन्। जसले जिते पनि यो पटक नयाँ टोलीले विश्वकपको ट्रफी उचाल्ने छ। यी दुवै टोली पहिलोपटक महिला विश्वकपको फाइनलमा पुगेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।