काठमाडौं- गत सिजनको ट्रिबेल उपाधि विजेता म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा कठिन जित निकालेको छ। शनिबार राति भएको खेलमा सिटीले न्युक्यास्टलमाथि १-० को साँघुरो जित निकालेको हो।
गत सिजनका लागि प्रिमियर लिगका सार्वधिक गोलकर्ता हालाण्ड गोलरहित भएको खेलमा अर्का युवा खेलाडी अल्भारेज नायक बन्दा सिटी ३ अंक जोड्न सफल भयो।
खेलको ३१औं मिनेटमा फोडेनले दिएको पासमा अल्भारेजले गोल गरे। बाँकी समय दुवैतर्फबाट गोल हुन नसकेपछि सिटीले १-० को जित निकाल्यो।
६० प्रतिशत बल पोसेन आफ्नो पक्षमा राख्दै १४ पटकसम्म सिटीले न्युक्यास्टलको पोस्टमा आक्रमण गरेको थियो। जसमा जम्माजम्मी ४ वटा सर्ट मात्रै अन टार्गेट थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।