Current chauchau Current chauchau
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, जेठ ४, २०८३ Mon, May 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फुटबल

कसले उचाल्ला यो सिजनको ला-लिगा ट्रफी?

64x64
नेपाल लाइभ शनिबार, भदौ २, २०८०  ०७:३०
1140x725

काठमाडौं- युरोपका टप लिगमध्ये एक हो, स्पेनिस ला-लिगा। २०२३/२४ को सिजन सुरु भइसकेको छ। अहिलेसम्म सबै टिमले एक खेल खेलिसकेका छन्। रियल मड्रिड र बार्सिलोनाजस्ता सधैँ लिग र च्याम्पियन्स लिगको ट्रफीका दाबेदार मानिँदै आएका छन्। जसले गर्दा विश्वका उत्कृष्ट खेलाडीको रोजाइमा यी क्लब पर्दै आएका छन्।

तर यो सिजनको ला-लिगामा केही नयाँ अनुहार पनि देखिएका छन्। जसले ला-लिगालाई थप रोमाञ्चक बनाएको छ। र, सँगै प्रश्न उठेको छ, अबको यो सिजन कसले उचाल्ला ट्रफी?

सबैभन्दा पहिला डिफेन्डिङ च्याम्पियन बार्सिलोना, यसको चरम प्रतिस्पर्धी तथा रेकर्ड होल्डर (३५ पटक ला-लिगा उपाधि) रियल मड्रिडलाई उपाधि दाबेदार मानिएको  छ।

क्याटलान क्लब बार्सिलोना (२७) र मड्रिड (३५) दुवैको टोलीको हिसाब गर्ने हो भने उनीहरूले ६२ पटक ला-लिगा उपाधि उचालेका छन्। बाँकी ७ वटा क्लबले जम्माजम्मी ३० पटक ला-लिगाको उपाधि जितेका छन्। यो सिजन पनि मुख्यगरी यिनै दुई क्लब (बार्सिलोना र रियल मड्रिड) मुख्य दाबेदार बन्न सक्ने देखिन्छ।

समर विन्डोपछि भर्खरै सुरु भएको ला-लिगामा खेलाडी निकै उत्साही देखिन्छन्। खेलकुदको रोमाञ्चक र छुट्टीपछिको खेलमा देखिने जाँगरले नयाँ राेमहर्षक दिएको छ।

पहिलो खेलमै कमजोर मानिएको गेटाफेसँग बार्सिलोना गोलरहित बराबरीमा रोकिएको छ। सोचेअनुसारको सुखद सुरुवात बार्सिलोनाले गर्न सकेको छैन। बार्सिलोनाको फरवार्ड लाइनको मुख्य हतियार मानिएका उसमान डेम्बेले अहिले पेरिस पुगेका छन्। बार्सिलोनाको आफ्नो बसाई अन्त्य गर्दै उनी पेरिस सेन्ट जर्मेनमा आबद्ध भएका छन्। 

उनको ठाउँमा अर्को भरपर्दो खेलाडी बार्सिलोनाले भित्र्याएको छैन। यद्यपि, उनको ठाउँबाट अर्का युवा खेलाडी यामललाई खेलाउने रणनीतिमा प्रशिक्षक जाभी छन्। उनको रणनीति कति सफल हुन्छ भन्ने हेर्न बाँकी नै छ। 

गत सिजन प्रमुख प्रतिद्वन्द्वी रियल मड्रिडलाई १० अंकले पछि पार्दै बार्सिलोनाले ट्रफी उचालेको थियो। अब त्यही गति कायम राख्न बार्सिलोनालाई मुस्किल हुने देखिन्छ। 

nimb
nimb
Ncell 2
Ncell 2

योसँगै मिडफिल्डका मुख्य मियो सर्जियो बुस्केट पनि अहिले बार्सिलोनाबाट अमेरिकाको इन्टर  मियामीमा पुगेका छन्। राइट साइडका डिफेन्डर जोर्डी अल्बा पनि बार्सिलोनाबाट बिदा भएका छन्। बुस्केटको ठाउँमा खेलाउन बार्सिलोनाले इंग्लिस क्लब म्यानचेस्टर सिटीबाट इल्के गुन्डोगनलाई भित्र्याएको छ। अन्य पोजिसनमा भने आफ्नै युवा खेलाडीमा भरपर्ने बार्सिलोनाको रणनीति छ।

यद्यपि, ला-लिगासँगै च्याम्पियन्स लिगको ट्रफी पनि बार्सिलोनाले ताकिरहेको छ। गत वर्ष च्याम्पियन्स लिगको समूह चरणबाटै बाहिरिएर युरोपा लिग खेलेको बार्सिलोना त्यहाँ पनि सफल हुन सकेको थिएन। गत सिजन ला-लिगा बाहेक अन्य लिगका क्लबहरूसँग नमिठो हार ब्यहोरेको बार्सिलोनाले रियल मड्रिडमाथि भने हाबी भएको थियो। 

फुटबल विज्ञहरू भने बार्सिलोना भन्दा पनि यो पटक रियल मड्रिडलाई नै ला-लिगाको उपाधि दाबेदार मान्छन्। गत सिजन सोचेअनुसार सफलता हात पार्न नसकेको मड्रिडले कोपा डेल रे जित्दै उपाधिको खेडेरी तोडेको थियो। मड्रिड च्याम्पियन्स लिगको सेमिफाइनल भन्दा अघि बढ्न सकेको थिए।

तर यो सिजन रियलका मुख्य खेलाडी करिम बेन्जिमा अहिले साउदी पुगेका छन्। प्रो लिग खेल्न साउदी क्लबमा पुगेपछि उनको अभाव रियलमा खड्किन सकिने आँकलन गरिएको छ। 

आफ्ना मुख्य फरवार्डलाई बिदाई गरेका रियलले मिडफिल्डरका युवा स्टार बेलिङ्घमलाई बोरुसिया डर्टमन्डबाट अनुबन्धन गरेको छ। क्लबमा उनले आफ्नो प्रभाव जमाउन सुरु गरेका छन्। ला-लिगाको पहिलो डेब्यु खेलमै गोल गर्दै रियलले जित निकाल्दै ३ अंक जोडेको छ।

रियलमा युवा जोश भएको र भरपर्दा पाका खेलाडीको समेत मिश्रण छ। प्रशिक्षकका लागि विभिन्न विकल्पहरू खुल्ला छन्। जसकारण पनि रियललाई बलियो दाबेदारको रुपमा लिइएको छ।

उपाधिको अर्को दाबेदारको रुपमा एथ्लेटिको मड्रिडलाई लिइएको छ। गत सिजन तेस्रो स्थानमा रहँदै एथ्लेटिको मड्रिडले आफ्नो सिजन टुंग्याएको थियो। बार्सिलोनाबाट एथ्लेटिको मड्रिड फर्किएपछि ग्रिजम्यान उच्च लयमा छन्।

फ्रि ट्रान्सफमा अनुबन्धन भएका एपिलिक्वेटा, स्योन्चुमाथि ठूलो भरोसा राखिएको छ। ला-लिगा मात्रै होइन एथ्लेटिको मड्रिड च्याम्पियन्स लिगको लक्ष्यसहित मैदान उत्रिएको छ।

चौथो दाबेदार क्लब हो सेभिल्ला। गत सिजन सेभिल्लाका लागि ला-लिगा खराब रह्यो। ला-लिगामा १२ औं स्थानमा रहँदै सेभिल्लाले लिग टुंग्याएको थियो। तर अर्को खुसीको कुरा भने सेभिल्ला गत सिजन युरोपा लिग जित्यो। 

युरोपा लिग र च्याम्पियन्स लिगका विजेता बीच हुने सुपर कपमा सेभिल्लाले आफूलाई बिलियो उपस्थित गरायो। भर्खरै सकिएको सुपरमा इंग्लिस क्लब म्यानचेस्सटर सिटीमाथि सेभिल्लाले सुरुवाती अग्रता लिएको थियो। पछि सिटीले गोल फर्काएपछि उपाधिको छिनोफानो पेनाल्टी सुटआउटमा पुगेको थियो। जहाँ सिटीले बाजी मार्‍यो। बलियो प्रतिस्पर्धी मानिएको सिटीविरुद्ध आक्रामक खेल्दै सेभिल्लाले अबको सिजन बलियो प्रतिस्पर्धी बन्ने छनक देखाएको छ।

गत सिजन आश्चर्यचकित नतिजा निकाल्दै रियल सोसिडाडले आफूलाई च्याम्पिन्स लिगमा समेत सुरक्षित गराएको छ। सोसिडाडले १३ वर्षपछि यो सिजन च्याम्पियन्स लिग खेल्न लागेको हो। यसमा क्लबले अभूतपूर्व सफलता हात पारेको छ। 

बलियो डेफिन्सभ र कमै पाएको अवसरलाई सदुपयोग गर्ने शैलीले सोसिडाडले सफलता पाएको थियो। आफ्नो त्यही लय कायम राख्दै ला-लिगादेखि च्याम्पियन्स लिगसम्म बलियो रुपमा प्रस्तुत हुने लक्ष्यमा सोसिडाड छ।

यी पछि अन्य क्लबहरूको भने उपाधि यात्रामा झिनो आशा रहेको औंल्याइएको छ। अन्य क्लबहरूमा भिल्लारियल, रियल बेटिस, एथ्लेटिक बिल्बाओलाई ला-लिगाको उपाधि जित्न सक्ने विश्लेषण गरिएको छ।

प्रकाशित मिति: शनिबार, भदौ २, २०८०  ०७:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
वीरगञ्जबाट पक्राउ परे दुर्गा प्रसाईं
रास्वपाद्वारा जिल्ला अधिवेशन कार्यविधि सार्वजनिक, सभापति उम्मेदवारका लागि ५ हजार शुल्क निर्धारण
'एडब्लुएस कम्युनिटी डे नेपाल २०२६' मा सैयौं युवाको सहभागिता
सम्बन्धित सामग्री
नेपालले हङकङसँग मैत्रीपूर्ण खेल खेल्ने नेपालले पछिल्लो पटक सन् २०२५ मा हंङकङसँग मैत्रीपूर्ण खेल खेलेको थियो । त्यसअघि नेपाल र हङकङ ३७ वर्ष अगाडि एएफसी एसिया कप छनोटमा भिडे... बुधबार, फागुन १३, २०८२
साफ यु-१९ च्याम्पियनसिपमा नेपालले भुटानलाई हरायो पोखरा रंगशालामा आज भएको दोस्रो खेलमा नेपालले भुटानलाई २-१ गोलले हराएको हो । सोमबार, माघ १९, २०८२
साफ महिला च्याम्पियनसिप : आज नेपालले भुटानसँग भिड्दै पहिलो खेल बंगलादेश र भारतकाबीच मध्यान्ह १२ बजे सञ्चालन हुनेछ । सोमबार, माघ १९, २०८२
ताजा समाचारसबै
वीरगञ्जबाट पक्राउ परे दुर्गा प्रसाईं सोमबार, जेठ ४, २०८३
रास्वपाद्वारा जिल्ला अधिवेशन कार्यविधि सार्वजनिक, सभापति उम्मेदवारका लागि ५ हजार शुल्क निर्धारण सोमबार, जेठ ४, २०८३
'एडब्लुएस कम्युनिटी डे नेपाल २०२६' मा सैयौं युवाको सहभागिता सोमबार, जेठ ४, २०८३
समस्याग्रस्त सहकारीका साना बचतकर्तालाई रकम फिर्ता सुरू सोमबार, जेठ ४, २०८३
विद्या भण्डारीलाई एमालेले दियो सदस्यता सोमबार, जेठ ४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध ७ उजुरी आइतबार, जेठ ३, २०८३
प्रतिनिधिसभामा श्रम संस्कृति पार्टीले गर्‍यो पर्चासहित उठेर विरोध सोमबार, जेठ ४, २०८३
स्कटल्यान्डविरुद्ध नेपाल ६ विकेटले विजयी, अंक तालिकाको पाँचौ स्थानमा सोमबार, जेठ ४, २०८३
विद्या भण्डारीलाई एमालेले दियो सदस्यता सोमबार, जेठ ४, २०८३
असन्तुष्ट पक्षलाई गगन थापाले भने– मिलेर काम गर्न चाहन्छु, के पद चाहिन्छ दिन्छु आइतबार, जेठ ३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ सोमबार, वैशाख २८, २०८३
प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध ७ उजुरी आइतबार, जेठ ३, २०८३
सभामुख र उपसभामुखको अनुपस्थितिमा प्रतिनिधि सभा सञ्चालन गर्न ७ सदस्य मनोनीत सोमबार, वैशाख २८, २०८३
फेरियो कार्यसूचीः  जवाफ दिन तयार भएनन् प्रधानमन्त्री बालेन बिहीबार, वैशाख ३१, २०८३
कीर्तिपुरमा गोली चल्यो, घिमिरे हत्याका मुख्य आरोपी नियन्त्रणमा बिहीबार, वैशाख ३१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्