काठमाडौं– युरोपियन फुटबल महासंघ (युईएफए) ले बेस्ट प्लेअर अवार्डमा ३ खेलाडीको नाम मनोनीत गरेको छ।
गत सिजन २०२२/२३ का लागि दिइने यो अवार्डमा हाल अमेरिकी क्लब इन्टर मियामी पुगेका लियोनल मेसी, इंग्लिस क्लब म्यानचेस्टर सिटका अर्लिङ हालाण्ड र सिटीकै केभिन डी ब्रुयना गरी ३ खेलाडी मनोनीत भएका हुन्।
गत सिजन उच्च प्रदर्शन गरेको आधारमा ३ खेलाडीको नाम युईएफएले मनोनीत गरेको हो। मेसीले गत सिजनमै अर्जेन्टिनालाई विश्वकपको उपाधि जिताएका थिए भने पीएसजीलाई लिग वान जिताएका थिए।
हालाण्ड र डी ब्रुयनाले भने ट्रिबेल जितेका थिए। च्याम्पियन्स लिग, प्रिमियर लिग र एफए कप गरी ३ उपाधि जितेका थिए।
अहिले सार्वजनिक भएको मनोनयनको अवार्ड सिजन २०२३/२४ का लागि च्याम्पियन्स लिगको समूह चरणको ड्र हुँदा सोही दिन घोषणा गरिन्छ। यो कार्यक्रम अगस्ट ३१ मा हुने युईएफएले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।