काठमाडौं– ए डिभिजन फुटबल क्लब मछिन्द्र क्लब एएफसी कप छनोटबाट बाहिरिएको छ। बुधबार इन्डियन सुपर लिग क्लब (आईएसएल) मोहन बगान सुपर जायन्टस्सँग मछिन्द्र ३–१ गोलले पराजित भएको हो।
एएफसी छनोटअन्तर्गत यसअघि भुटानको पारो एफसीलाई हराएको मछिन्द्रले बुधबार मोहन बगानसँग खेलेको हो।
पराजित भएसँगै मछिन्द्र छनोट चरणबाट बाहिरिएको हो। खेल नेपाली समय अनुसार बुधबार साँझ ७:१५ बजे कोलकताको साल्टलेक रंगशालामा भएको थियो।
मछिन्द्रसँग जित निकालेसँगै अब बगान सुपर जायन्टस् टोलीले बंगलादेशको ढाका अवामी वा माल्दिभ्सको क्लब इगलमध्ये एक टिमसँग प्लेअफ खेल्ने छ।
प्लेअफ विजेता साउथ एसियन जोनबाट एएफसी कपमा छनोट हुने छ। यसअघि मनाङ मर्स्याङ्दी क्लबले एएफसी क्लब खेलेयता अन्य कुनै पनि क्लब एएफसी कपको समूह चरणमा पुग्न सकेका छैनन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।